२६ असार २०८३, शुक्रबार | July 10, 2026

विश्वभर कोरोना भाइरसका कारण ३ लाख ६६ हजार ७ सय ९२ जनाको मृत्यु



काठमाडौं । कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ६६ हजार ७ सय ९२ पुगेको छ ।

अहिलेसम्म २१३ मुलुक र २ पानीजहाजमा गरी ६० लाख २९ हजार ६ सय ८५ जना संक्रमित भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

शनिवार विहान सम्म २६ लाख ५९ हजार १ सय ५१ जना मानिस कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । ५ महिनादेखि फैलिएको महामारीबाट ३० लाख ३ हजार ८१३ जनाको उपचार भइरहेकोमा ५३ हजार ७३६ जनाको अवस्था गम्भीर छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख २५ हजार ४६८ जना नयाँ संक्रमित थपिएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा शनिबार विहान ५ बजेसम्म १ लाख ७२ हजार ५३१ जनाको मृत्यु भएको छ ।

१९ लाख ८६ हजार ८९१ जना संक्रमित भएकोमा ९ लाख ६३ हजार १४६ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २१ हजार ९३९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २० लाख १० हजार ९१३ पुगेको छ । त्यसमध्ये ६ लाख ४६ हजार २५० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा २९ हजार ६६५ जनाको मृत्यु भएको छ । १० लाख ८० हजार ४३४ जना संक्रमित भएकोमा ६ लाख ५१ हजार ४०७ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ३८ हजार १५४ जनाको मृत्यु भएको छ । ७ लाख ९७ हजार ८६८ जना संक्रमित भएकोमा ३ लाख २७ हजार ८२९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ३ हजार ९४५ जनाको ज्यान गएको छ भने १ लाख ३७ हजार ५४४ जना संक्रमित छन् । संक्रमितमध्ये ५८ हजार १९६ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२५ जनाको मृत्यु भएको छ । ८ हजार ७८२ जना संक्रमित भएकोमा ८ हजार १६४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै नेपालमा अहिलेसम्म कोरोना सक्रमितको संख्या १२१२ पुगेको छ भने ६ जनाको कोरोना भाइरस सक्रमितको

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  ७ : २२ बजे

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन

नेप्से परिसूचक झिनो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को

‘कालो चस्मा खोल्ने बेला आयो’ : गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसको कडा प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्मदाह गरेका मुगुका

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगन्ज । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा