२७ फाल्गुन २०८२, बुधबार | March 12, 2026

फौजी किराले मकैबाली नष्ट गरेपछि किसानहरु चिन्तित



भोजपुर । भोजपुरमा फौजी किराको प्रकोपले मकैबाली नष्ट भएपछि किसानहरु चिन्तित भएका छन् ।

जिल्लाको टेम्केमैयुङ गाउँपालिकाको कोट, गोगने, पौवादुङमा गाउँपालिकाको च्याङग्रे, तिवारीभञ्याङ, अरुण गाउँपालिकाको विभिन्न वडामा किसानले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप बढेको हो ।

गोडिसकेको मकैको किराले हरियो गुबो खाएर सखाप बनाएको टेम्केमैयुङ गाउँपालिका वडा ७ का किसान विजयकुमार राईले बताउनुभयो । राईले भन्नुभयो, ‘हाम्रो क्षेत्रमा फौजी किराले मकैबाली नष्ट बनाएको छ, यसरी नै किराको प्रकोप बढ्दै जाने हो भने आगामी वर्षलाई बीउको समेत समस्या हुने छ ।’

सोही गाउँपालिकाका वडाध्यक्ष सूर्य नेपालका अनुसार वडा ७ कोटमा करिब १०० बढी किसानले लगाएको बालीमा किराको प्रकोप रहेको छ । दैनिकजसो यसको प्रकोप बढिरहेको नेपालले जानकारी दिनुभयो ।

वडाध्यक्ष नेपालले भन्नुभयो, ‘हाम्रो गाउँपालिकाको वडा वडा ६, ७, ९ मा फौजी किराको प्रकोप बढेको छ, यसको रोकथामका लागि के गर्न सकिन्छ भनेर मैले गाउँपालिका अध्यक्षलाई जानकारी गराएको छु मेरो वडामा मात्र १०० बढी किसानको मकैबालीमा किराको प्रकोप देखिएको छ ।’

फौजी किराले बाली नष्ट गरेपछि अरूण गाउँपालिकाको वडा १ याङपाङले किसानलाई फौजी किरा मार्न औषधि वितरण शुरु गरेको जनाएको छ ।

फौजी किराका कारण सबै मकैबाली नष्ट हुने स्थिति देखिएकाले औषधि खरिद गरी ६१० घरधुरीलाई वितरण गरिएको वडाध्यक्ष नगेन्द्र खत्रीले बताउनुभयो । रासस

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  ८ : ०८ बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब