२१ भदौ २०८३, आइतबार | September 6, 2026

झापाका संक्रमित रातभभर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहिर बस्न बाध्य



धरान । झापाबाट पठाइएका २७ जना कोरोना भाइरसका संक्रमितहरु धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रातभर बाहिरै बस्न बाध्य भएका छन् । उनीहरुलाई अझै पनि आइसोलेसनमा भर्ना गरिएको छैन ।

शुक्रबार साँझ झापाको कचनाकबल गाउँपालिकाबाट बसमा राखेर धरान ल्याइएका उनीहरुलाई बेड अभाब भएको भन्दै रातभरी अस्पताल बाहिरै राखिएको संक्रमितहरुले बताएका छन् ।

बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले भने झापाले समन्वय नगरी संक्रमित पठाउँदा समस्या भएको जनाएको छ । कोरोना संक्रमितलाई अहिले विहानसम्म आईसोलेसनमा भर्ना गर्न नसक्नुको कारण आईसोलेसनमा बेड अभाव भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताउनुभयो । झापाले विना जानकारी पठाउँदा समस्या भएको भन्दै डा. सापकोटाले संक्रमितहरुलाई छिट्टै भर्ना गरिने बताउनुभयो । राति आईपुगे पछि व्यववस्थापनमा समस्या भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले तयार गरेको कोभिड १९ अस्पतालमा विरामी नराखी अहिले सम्म संक्रमित विरामीहरुलाई पेईङ व्लगको आईसोलेसनमा राखिएको छ । ३० बेडको पेईङ वार्डमा अहिले सम्म ६७ जना कोरोना संक्रमित बिरामी भर्ना भईसकेका छन् भने थप २७ जना विरामी आउदा समस्या भएको हो ।

कोरोना संक्रमित विरामीलाई रातभरी आइसोलेसन बाहिर राखिएकोमा जोखिम बढेको स्वास्थ्यविज्ञहरुले बताएका छन् ।

संक्रमित रातभर बाहिर बस्न परेपछि उनीहरुले दिसापिसाब पनि बाहिरै गरेका छन् । पेइङ वार्डका बाहिर शौचालय नभएका कारण संक्रमितले अस्पताल बाहिरै दिशा पिसाब गरेको अस्पताल स्रोतले बताएको छ । संक्रमित बसेको, संक्रमितले छोएको ठाउँलाई त सेनाटाइज गर्नुपर्ने अवस्थामा बाहिरै दिसापिसाब गरेपछि जोखिम झन बढ्ने चिन्ता बढेको छ ।

अहिले सम्म प्रतिष्ठानको हाता भित्र मात्रै पहिले भर्ना भएका ६७ जना र शुक्रबार झापाबाट ल्याईएका २७ जना गरी कुल कोरोना संक्रमितको संख्या ९४ जना संक्रमित रहेका छन् । आसंका गरिएका थप २ जनालाई पनि आईसोलेसनमा राखिएको प्रतिष्ठानले जनाएको छ ।

 

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  ९ : २८ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका