२१ भदौ २०८३, आइतबार | September 6, 2026

संखुवासभामा पहिलोपटक २ जना पुरुषमा देखियो कोरोना पोजेटिभ



संखुवासभा । संखुवासभा जिल्लामा पहिलो पटक २ जना व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

भारतबाट आएका २ जनाको पिसिआर चेक गर्दा शनिबार पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय खाँदबारी प्रवक्ता रोशन श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार, गत बिहिबार भारतको सुनौली नाकाबाट ७ जनाको समुह संखुवासभा आएको र ति मध्ये खाँदबारी नगरपालिका–७ का २३ बर्षीय पुरुष र पाँचखपन नगरपालिका–१ का २२ बर्षीय पुरुषको शनिबार पिसिआर चेकजाँच गर्दा पोजेटिभ रिपोर्ट आएको हो ।

संक्रमित दुबै जनालाई खाँदबारी नगरपालिका–९ तुम्लिङ्गटारमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ । ति दुवै जनालाई आइसोलेसनका लागि धरान स्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयारी भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

संखुवासभामा रहेको १० वटा स्थानीय तहले १ सय ८२ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । हाल सम्म ३० जना महिला र १ सय ४ जना पुरुष संस्थागत क्वारेन्टाइन बसिरहेका छन् भने होम क्वारेन्टाइनमा ५ महिला र १४ पुरुष बसिरहेका छन् । हाल सम्म ४ महिला र २४ पुरुषको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  ३ : ५७ बजे

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान । युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि

देवीघाटमा एक्रोब्रिज जडान गर्दै नेपाली सेना

काठमाडौं । भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा