२९ पुस २०८१, सोमबार | January 13, 2025

रुकुममा ज्यान गुमाएका ६ यूवालाई शहीद घोषणा गर : पूर्व सांसद पहाडी



बुटवल । पूर्व सांसद तथा दलित अधिकारकर्मी विनोद पहाडीले रुकुम चौरजहारीमा जातीयताकै कारण ज्यान गुमाएका ६ युवालाई साँस्कृतिक शहीद घोषणा गर्न माग गर्नुभएको छ ।

अन्तरजातीय प्रेम गरेकै कारण जाजरकोटका नवराज विक सहित लोकेन्द्र सुनार, गणेश बुढा, सन्दीप विक, टिकाराम सुनार र गोविन्द शाहीको पासविक रुपमा हत्या भएकाले ६ जनालाई नै साँस्कृतिक शहीद घोषणा गर्नुपर्ने उहाको भनाई छ ।

द विश्वकर्मा यूवा यूथ क्लब अफ बुटवलले रुकुममा भएको नरसंहार र रुपन्देही दवदहकी अंगिरा पासीको न्यायका निम्ति सरकारको ध्यानआकर्षण गराउन शनिबार बुटवलमा आयोजित श्रद्धान्जली तथा दीप प्रज्जवलन कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारकर्मी पहाडीले त्यस्तो बताउनुभएको हो ।

उहाले सरकारले निर्मम रुपमा दलित भएकै पासविक रुपमा गाउँलेहरुको आक्रमणबाट हत्या हुँदा पनि सरकारले वेवास्ता गरेकोमा आक्रोश पोख्नुभयो ।

सामान्य घटनामा पनि हेलिकप्टर चार्टर गर्न सक्ने प्रधानमन्त्रीले जातीयताकै कारण नवराज सहितका यूवाहरु निर्मम रुपमा मारिदा पनि सरकारले समवेदनासम्म दिन नसक्नु लज्जास्पद भएको उहाले बताउनुभयो । ‘प्रधानमन्त्री र गहृमन्त्री ज्यू, हामी अहिलेसम्म संयम छौं, हत्यामा संलग्नलाई कारवाही भएन, साँस्कृतिक सहिद घोषणा गरिएन भने हामी परम्परागत हतियार लिएर सडकमा उत्रन्छौं’ राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष समेत रहेका पहाडीले भन्नुभयो । उहाले मृतक परिवारलाई राहत, साँस्कृतिक सहिद घोषणा र दोषीलाई कारवाही नहुँदासम्म निरन्तर आन्दोलनमा उत्रने बताउनुभयो ।

रुकुम चौरजहारीको मानवीय नरसंहार, रुपन्देही देवदहकी अंगिरा पासीको बलत्कारपछि हत्या हुँदा पनि विद्यार्थी संगठन, महिला अधिकारकर्मी, राजनितिक पार्टीहरु नबोलेमा आपत्ति जनाउँदै भन्नुभयो –‘मानवीयता नै नराख्ने हो भने हामी अब शसक्त प्रतिरोधमा उत्रन्छौ, त्यसको परिणाम सरकारले बुझोस् ।’

तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले रुकुम चौरजहारीमा निर्मम रुपमा हत्या भएको भन्दै यो घटना कुनै पनि हालतमा क्षम्य हुन नसक्ने बताउनुभयो । उहाले यो मानवीयताको हिसाबले ठूलो नरसंहार, दलित समुदायमाथिको अपमान भएकाले यसका विरुद्ध हरेक सचेत नागरिक मैदानमा आउनुपर्ने बताउनुभयो ।

सो अवसरमा राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय सदस्य विनोद परियार, दलित अभियान्ता नर बहादुर सुनारले बोल्दै जातीयतामा भएको बर्बर घटनामा संलग्नलाई हदैसम्मको कारवाहीको माग गर्नुभयो ।

जातीय भेदभाव अन्त्य गरौं भन्दै दीप प्रज्वलन समेत गरिएको थियो । रुपन्देहीमा रुकुम हत्याकाण्ड र देवदहकी बालिका हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै ४ दिनदेखि निरन्तर आन्दोलन चलिरहेको छ ।

शनिबार मात्रै देवदहमा स्थानीय दलित समुदायले स्वत स्फूर्त रुपमा हत्यामा संलग्नाई कारवाहीको माग गर्दै प्रदर्शन गरेका छन् । यस्तै रुपन्देहीको सैनामैना नगरपालिकामा पनि दलित समुदायले स्वतस्फूर्त रुपमा विरोध प्रर्दशन गरेका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  ८ : ५६ बजे

काठमाडौंमा खानेपानीको नयाँ पाइपलाइनको परीक्षण सम्पन्न

काठमाडौं । काठमाडौं उपत्यकामा खानेपानी वितरणका लागि बिछ्याइएका नयाँ पाइपलाइनको

सुदूरको ठूलो पर्यटन पूर्वाधार, जाल्पादेवी केबलकार

काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेट (एनपिएल) को फाइनलमा सुदूरपश्चिम

ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत

म्याग्दी । संरक्षणको अभावमा मुुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत

रवि लामिछानेको थुनछेक बहस सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको थुनछेक

पोखरामा लियो ३२५-जे नेपालको दोस्रो काउन्सिल बैठक सम्पन्न

पोखरा । लियो जिल्ला परिषद् ३२५ जे नेपालको बार्षिक अवार्ड