४ पुस २०८२, शुक्रबार | December 19, 2025

विद्युतीय सवारी साधनको भन्सार दर बढेपछि अटोमोवाइल्स व्यवसायी असन्तुष्ट



काठमाडौं । विद्युतीय सवारी साधनको भन्सार दर बढाइएको भन्दै अटोमोबाईल्स व्यवसायीहरुले विरोध जनाएका छन् ।

अटोमोबाइल व्यवसायीहरुको छाता संगठन ‘नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल’ले आइतबार पत्रकार सम्मेलन गरी सरकारले बजेट मार्फत विद्युतीय सवारी साधनमा भन्सार दर बढाएको भन्दै विरोध जनाएको हो ।

नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलाले सरकारको दोहोरो र अनिश्चित मापदण्डबाट विद्युतिय सवारी साधनको व्यवसायमा संलग्न व्यवसायीहरुको लगानी डुब्ने खतरा रहेको बताउनुभयो ।

यस अघि सरकारले विद्युतिय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गरेपछि व्यवसायीहरुले लगानी बढाएको अवस्थामा फेरी पेट्रोलियम सवारी साधनहरुमा जस्तै कर लगाउँदा सवारी साधनको मूल्य महँगो पर्न जाने भएकाले व्यवसायीहरुको लगानी डुब्ने खतरा रहेको बताउनुभयो । उहाँले कर बढाउँदा सवारी साधनको मूल्य बढ्ने र उपभोक्ताले प्रयोग गर्न नसक्ने हुने भएकाले व्यवसायीहरुको लगानी डुब्ने बताउनुभयो ।

विद्युतीय सवारीको कर बढाउँदा मूल्य बढन्े र विद्युतीय सवारी साधन कसैले पनि प्रयोग नगर्ने भएकाले विद्युत खपत पनि नबढ्ने अध्यक्ष दुलाले बताउनुभयो । उहाँले देश भित्र उत्पादित उद्युतको खपत बढाउनका लागि पनि विद्युतिय सवारी साधनमा कर वृद्धि गर्न नहुने बताउनुभयो ।

यस्तै कोरोना भाइरस रोकथामका लागि लामो समय लकडाउन गरिदा उद्योग व्यवसाय उठनै नसक्ने अवस्थामा पुगेको भन्दै अर्थतन्त्रलाई जोगाउन लकडाउन खोल्नुपर्ने उहाँले बताउनुभयो । स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाई गर्दै व्यवसायीक कारोबारलाई सञ्चालनमा ल्याउन आवस्यक रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  ४ : ०२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको