२० माघ २०८२, मंगलबार | February 3, 2026

विद्युतीय सवारी साधनको भन्सार दर बढेपछि अटोमोवाइल्स व्यवसायी असन्तुष्ट



काठमाडौं । विद्युतीय सवारी साधनको भन्सार दर बढाइएको भन्दै अटोमोबाईल्स व्यवसायीहरुले विरोध जनाएका छन् ।

अटोमोबाइल व्यवसायीहरुको छाता संगठन ‘नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल’ले आइतबार पत्रकार सम्मेलन गरी सरकारले बजेट मार्फत विद्युतीय सवारी साधनमा भन्सार दर बढाएको भन्दै विरोध जनाएको हो ।

नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलाले सरकारको दोहोरो र अनिश्चित मापदण्डबाट विद्युतिय सवारी साधनको व्यवसायमा संलग्न व्यवसायीहरुको लगानी डुब्ने खतरा रहेको बताउनुभयो ।

यस अघि सरकारले विद्युतिय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गरेपछि व्यवसायीहरुले लगानी बढाएको अवस्थामा फेरी पेट्रोलियम सवारी साधनहरुमा जस्तै कर लगाउँदा सवारी साधनको मूल्य महँगो पर्न जाने भएकाले व्यवसायीहरुको लगानी डुब्ने खतरा रहेको बताउनुभयो । उहाँले कर बढाउँदा सवारी साधनको मूल्य बढ्ने र उपभोक्ताले प्रयोग गर्न नसक्ने हुने भएकाले व्यवसायीहरुको लगानी डुब्ने बताउनुभयो ।

विद्युतीय सवारीको कर बढाउँदा मूल्य बढन्े र विद्युतीय सवारी साधन कसैले पनि प्रयोग नगर्ने भएकाले विद्युत खपत पनि नबढ्ने अध्यक्ष दुलाले बताउनुभयो । उहाँले देश भित्र उत्पादित उद्युतको खपत बढाउनका लागि पनि विद्युतिय सवारी साधनमा कर वृद्धि गर्न नहुने बताउनुभयो ।

यस्तै कोरोना भाइरस रोकथामका लागि लामो समय लकडाउन गरिदा उद्योग व्यवसाय उठनै नसक्ने अवस्थामा पुगेको भन्दै अर्थतन्त्रलाई जोगाउन लकडाउन खोल्नुपर्ने उहाँले बताउनुभयो । स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाई गर्दै व्यवसायीक कारोबारलाई सञ्चालनमा ल्याउन आवस्यक रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  ४ : ०२ बजे

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि

निर्वाचन आउन ३० दिन बाँकी : मतदाता नामावलीमा नाम नभएका पनि उम्मेदवार !

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको