२१ बैशाख २०८१, शुक्रबार | May 4, 2024

आयात खुले पनि अटो व्यवसायमा कर्जा सीमा नहटेको भन्दै व्यवसायीको विरोध



काठमाडौं । सरकारले विदेशी सामान आयात खुला गरे पनि अटो व्यवसायमा लगाउँदै आएको कर्जा सीमा नहटाएसम्म व्यवसायमा सुधार नआउने व्यवसायीहरूले बताएका छन् ।

आज काठमाडौंमा आयोजित विरोध प्रर्दशनमा उनीहरूले अटो कर्जाको सीमा अन्त्य र एलसी खेल्दा नगद मार्जिन हटाउन नेपाल राष्ट्र बैंक र सरकारलाई आग्रह गरेका हुन्

प्रर्दशनमा सहभागीहरुले बैंक ब्याजदर नियन्त्रण गर्न पनि नेपाल राष्ट्र बैंकलाई आग्रह समेत गरेका छन् । खुला अर्थतन्त्रमा यसरी कर्जामा सीमा लगाएका कारण अटो व्यवसाय चौपट भएको उनीहरूको दुखेसो छ ।

साथै, तरलता अभावलाई सहज बनाउन, बैंकहरूलाई अटो व्यवसायमा लगानी बढाउने गरी ढोका खोल्न उनीहरूको आग्रह छ । सरकारले अटो व्यवसायललाई सहज बनाउने वातावरण बनाउन पनि आग्रह छ । प्रर्दशनमा सहभागीहरूको भनाइ छ,  ‘निजी क्षेत्र सरकार विरोधी होइनन् सरकारलाई सहयोग नै गर्न स्थापना भएका हुन् । तर, राष्ट्र बैंक र सरकारले ल्याएका नीति अटो व्यवसायीविरोधी छन् । त्यसलाई सुधार गर्नुपर्छ ।’

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ४ : ३४ बजे

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको