५ पुस २०८२, शनिबार | December 20, 2025

श्रमजीवि जनताको पक्षमा राहत प्याकेज ल्याऊ : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रमजीवि जनताको पक्षमा राहत प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

१३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा अध्यक्ष प्रचण्डले सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले श्रमजीविको पक्षमा राहत प्याकेज निर्माण गर्न आफ्नै पार्टीको सरकारसँग आग्रह गर्नुभएको हो ।

अध्यक्ष प्रचण्डले भन्नुभएको छ, ‘दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने राजधानी लगायतका विभिन्न सहरमा रहेका निम्न वर्गीय श्रमजीवी जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माण गर्न म सरकारको विशेष ध्यानाकर्षण गराउँदछु ।’

संसारभरका श्रमजीवि मजदूरहरुको रोजगारी गुमिरहेको बताउँदै प्रचण्डले , ‘देशका विभिन्न भागहरुबाट आ–आफ्नो घर फर्किने क्रममा अलपत्र परेका मजदूर र अन्य जन–समुदायलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्याउनु पर्ने हामी सबैको कर्तव्य हो ’, विज्ञप्तिमा भन्नुभएको छ ।

अध्यक्ष प्रचण्डले कोरोना भाइरस (कोविड–१९) को संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न श्रमजीवि जनसमुदायमा अपील समेत गर्नुभएको छ ।

सन्देशमा उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी जनसमुदायमा सु–स्वास्थ र प्रगतिको अपेक्षासहित हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टे कार्यदिनको लागि गरिएको आन्दोलनको स्मरण गराउने गौरवशाली दिनको रूपमा हरेक वर्ष आजकै दिन अर्थात मई १ मा विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइन्छ । नेपालमा वि.स. २००३ सालमा विराटनगर जुट मिलबाट सुरु भएको श्रमिक आन्दोलन, विभिन्न कालखण्डका सशस्त्र र शान्तिपूर्ण जन–आन्दोलनहरुमा श्रमजीवि जनताको बलिदानीपूर्ण संघर्षलाई हामी गर्वका साथ स्मरण गर्दछौं ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ७ : १२ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य