३१ भदौ २०८३, बुधबार | September 16, 2026

वार्ड अध्यक्षमाथि गोली प्रहार



Oबुटवल । कपिलवस्तुको यशोधरा गाउँपालिका ८ नम्बर वार्डका वार्ड अध्यक्ष साबुद्दिन मुसलमान माथि गोली प्रहार भएको छ ।

आज मध्यराती २ जनाको समुहमा आएका समुहले उनीमाथि गोलि प्रहार गरेपनि अध्यक्ष मुसलमानको चलाखिले गर्दा उनी गोली लाग्नबाट बचेका छन् ।

राती ११ बजेको समयमा आएका समुहलाई अध्यक्ष मुसलमानले राती नहिंड्न सम्झाएका थिए । उनीहरुको स्वभाव र हाउभाउको आंकलन गर्दै उनी सधैं आफु सुत्ने गरेको कोठा छाडेर अर्को कोठामा सुत्न गएको लगत्तै उनी सधैं सुत्ने कोठाको झ्यालबाट उनलाई लक्षित गर्दै गोली प्रहार भएको थियो ।

गोली प्रहार गरेको आशंकामा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेले जानकारी दिनुभएको छ । पक्राउ पर्नेमा स्थानीय महम्मद हुसेन रहेको समेत प्रजिअ पौडेलले बताउनुभयो । घटनास्थलबाट ४ वटा गोलीका खोका फेला परेको प्रहरीले जनाएको छ ।

वडा अध्यक्ष मुसलमान स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  १० : ४० बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज