१८ चैत्र २०७९, शनिबार | April 1, 2023

वार्ड अध्यक्षमाथि गोली प्रहार



Oबुटवल । कपिलवस्तुको यशोधरा गाउँपालिका ८ नम्बर वार्डका वार्ड अध्यक्ष साबुद्दिन मुसलमान माथि गोली प्रहार भएको छ ।

आज मध्यराती २ जनाको समुहमा आएका समुहले उनीमाथि गोलि प्रहार गरेपनि अध्यक्ष मुसलमानको चलाखिले गर्दा उनी गोली लाग्नबाट बचेका छन् ।

राती ११ बजेको समयमा आएका समुहलाई अध्यक्ष मुसलमानले राती नहिंड्न सम्झाएका थिए । उनीहरुको स्वभाव र हाउभाउको आंकलन गर्दै उनी सधैं आफु सुत्ने गरेको कोठा छाडेर अर्को कोठामा सुत्न गएको लगत्तै उनी सधैं सुत्ने कोठाको झ्यालबाट उनलाई लक्षित गर्दै गोली प्रहार भएको थियो ।

गोली प्रहार गरेको आशंकामा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेले जानकारी दिनुभएको छ । पक्राउ पर्नेमा स्थानीय महम्मद हुसेन रहेको समेत प्रजिअ पौडेलले बताउनुभयो । घटनास्थलबाट ४ वटा गोलीका खोका फेला परेको प्रहरीले जनाएको छ ।

वडा अध्यक्ष मुसलमान स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  १० : ४० बजे

सामुदायिक विद्यालयमा अब्बल बन्दै ‘रामतुलसी’

रामपुर । हुने खाने परिवारका अभिभावकले भरसक गाउँका सामुदायिक विद्यालयमा

कविता : ‘उपियाँको साम्राज्य हो त्यो!’

निमुखा र गरिबको रगत र पसिना चुसेर ठडिएको महल, महल

समीक्षा अधिकारीको ‘बर्दिबासको घाम’मा प्रथम र नग्मा

काठमाडौं । गायिका समीक्षा अधिकारी र गायक वाङ छिरीङ भोटियाको

भरत तालमा पर्यटकको घुँइचो

सर्लाही । सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधीन

आजदेखि रसुवागढी नाका पूर्णरुपमा सञ्चालन हुने

काठमाडौं । आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि