२० आश्विन २०८३, मंगलबार | October 7, 2026

ताप्लेजुङको सदरमुकाममा आगलागी, ७ घर जले



ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आज गएराती भिषण आगलागी भएको छ । गएराति १० बजेदेखि लागेको आगो अहिले बिहान साढे ५ बजेतिर नियन्त्रणमा आएको छ ।

आगलागीबाट सदरमुकाममा ७ वटा घर र पाँच वटा घुम्ती पसल जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

स्थानीय भट्टराई होटल एण्ड लजबाट सुरु भएको आगलागी फैलिएर ७ वटा घरसम्म पुगेको थियो । तप्लेजुङ प्रहरीका अनुसार दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।

के कारणले आगलागी भएको भन्ने कारण नखुलेको प्रहरीले बताएको छ । अहिले प्रहरीले आगलागीबाट भएको क्षतिको विवरण संकलन गरिरहेको छ ।

ताप्लेजुङ सदरमुकाममा हरेक वर्ष आगलागी हुने गरेको छ । २०७१ सालको आगलागीमा ३५ घर जल्दा करोडौंको क्षति भएको थियो भने ९० परिवार विस्थापित भएका थिए ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ७ : २२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला । गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ ।

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते