११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

भारतमा रोकिएका मजदुर घर फर्किन पाउँदा खुशी



कैलाली । सुदूरपश्चिम प्रदेशको दार्चुलापारिको भारतीय सीमा धार्चुलामा एक महिना पाँच दिनदेखि अलपत्र रहेका कैलालीको घोडाघोडी नगरपालिकाका–११ शिसैयाका वीरसिहं विक नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा प्रवेश गर्दा निकै खुशी हुनुहुन्थ्यो ।

“ओहो भगवान् आफ्नो ठाउँ पुगियो” भन्दै आकाशतिर हेर्दै खुशी व्यक्त गरिरहेका वीरसिंहका आँखाबाट खुशीका आँसु झरिरहेको थियो । उहाँ सरकारले आफ्ना नागरिकलाई सुरक्षित तरिकाले घरसम्म ल्याउने वातावरण बनाएकामा खुशी देखिनुहुन्थ्यो । “हामीले त आस मारिसकेका थियौँ घर फर्कन पाइन्छ भनेर तर सरकारले घर पु¥याइछाड्यो, सरकारले अभिभावक भएको कर्तव्य पूरा गरेको आभास भयो” उहाँले भन्नुभयो ।

“हामी नेपाली भूमि फर्कन चाहन्थ्यौँ, बरु आफ्नै देशका क्वारेन्टाइनमा बस्न तयार थियौँ, तर कुनै पनि अवस्थामा नेपाल आउन चाहन्थ्यौँ” धार्चुलाबाटै फर्कनुभएका घोडाघोडी नगरपालिका–९ का रामसिंह ऐडीले भन्नुभयो । तर सीमा बन्द र लकडाउन बढ्दै गएपछि घरमा रहेका दुई वर्षका छोरा र परिवारलाई सम्झेर रुँदै दिन काटेको उहाँले दुखेसो पोख्नुभयो । “लामो समय क्वारेन्टाइनमा बस्दा घरको चिन्ताले सताउँथ्यो, आज आफ्नै गाउँ पुग्दा असाध्यै खुशी भएको छु”, ऐडीले भन्नुभयो । अब केही दिन यहाँ क्वारेन्टाइनमा बस्नुपर्छ भन्नुभएको छ, बस्छु त्यसपछि घर गएर छोरालाई खेलाउने एकदमै चाहना भएको उहाँको भनाइ छ ।

धर्चुलामै अलपत्र परेर शुक्रबार घोडाघोडी पुग्नुभएकी घोडाघोडी–८ लठुवाकी ६५ वर्षीया लक्ष्मीदेवीले विक आफ्नो भूमि आउन पाइएला भन्ने कुरा सोच्न छाडिसकेको अवस्थामा आउन पाइएकाले संसारभरको खुशी प्राप्त भएझैँ लागिरहेको बताउनुभयो । आर्थिकरूपमा कमजोर भएका कारण कमाउन बूढाबूढी भारत गएको दुई महिनामै रोग फैलिएका कारण फर्कनुपरेको बताउँदै उहाँले भएको पैसा सकिएर झनै समस्या भएको छ भन्नुभयो । सरकारले फर्काउलाजस्तो नलागे पनि आशा गरेर बसेका आफूजस्ता मजदुरलाई फर्काएकामा उहाँले खुशी व्यक्त गर्नुभयो ।

“जिन्दगीमा कहिलेकाहीँ नसोचेको पनि हुँदोरहेछ”, घोडाघोडी नगरपालिका –९ का श्याम चौधरीले भन्नुभयो, “नेपाल भारतको सीमामा अलपत्र परेका आफ्ना साथी महाकाली पौडिएर नेपाल आएको देख्दा लाग्थ्यो अब हाम्रो पनि यस्तै अवस्था आउँछ । तर मनमा सरकारले आफ्ना जनतालाई त्यसै मर्न कहाँ देला र रु आखिर हामीलाई हाम्रो सरकारले घरसम्म ल्याइदियो सरकारलाई धेरै–धेरै धन्यवाद छ ।”

विक, ऐडी, चौधरी मात्र होइन, कोभिड–१९ ले त्रसित बनाएपछि भारतमा मजदुरी गर्न गएका नेपालीहरु विगत एक महिनाभन्दा बढी भारतीय क्वारेन्टाइनमा बसेपछि शुक्रवार आफ्नो घर फर्किन पाउँदा निकै खुशी भएका हुन् ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ९ : २३ बजे

पोखरा महानगरको योजना : फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

कास्की । पोखरा महानगरपालिका विगत लामो समयदेखिको प्रयासपछि फिर्केखोलाको अतिक्रमण

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई

रौतहटमा बाघ गणना जारी

रौतहट । बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको

सिद्धबाबा सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले पहिलो खेलमा भुटानसँग खेल्दै

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने