२६ आश्विन २०८३, सोमबार | October 12, 2026

कोहलपुरमा सेनाको गाडी र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, एक जना घाइते



नेपालगन्ज । कोहलपुरमा नेपाली सेनाको गाडिले मोटर साइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ भने १ जना गम्भिर घाईते भएका छन् ।

कोहलपुरको ए.न टि.भी रोडमा नेपाली सेनाको बा २ झ ६३४१ नंको गाडिको ठक्कर बाट भे ४ प ७६२० न को मोटर साईकलमा सवार कोहलपुर २ का किरण भुषालको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएकोे छ ।

उक्त मोटर साईकलमा सवार बार बर्दिया ४ कि प्रतिक्षा भुषाल गम्भीर घाईते भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उनको नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।

नेपालगंजबाट कोहलपुर तर्फ आई रहेको सेनाको गाडिले एन टि भि चोकमा मोटर साईकल लाई ठक्कर दिएको थियो । ठक्कर पछि सेनाको गडि सडक छेउमा रहेको डिभाईडरमा ठोक्किएको स्थानिय प्रत्यक्षदर्शीले जनाएका छन ।

ठक्कर दिने नेपाली सेनाको गाडिलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ६ : ३९ बजे

पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि

२१ सयले सस्तियो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य घटेको छ

विदेशको अनुभव, स्वदेशमा शैक्षिक परामर्श

बुटवल । दक्षिण कोरियामा करिब आठ वर्ष बिताएर स्वदेश फर्किएका

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ-तिहार

बझाङ । घरमा आमा छिन । परिवार छ । आफन्त

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी । बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई