२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

प्रधानमन्त्रीसहित नेताहरुबाट आत्मालोचना, २५ गते स्थायी कमिटी बैठक बोलाउने नेकपाको निर्णय



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिएको छ । बैठकमा सबै सचिवालय सदस्यहरु आत्मालोचना गरेका छन् ।

पार्टीलाई एकतावद्ध बनाएर लैजाने प्रतिवद्धता गर्दै प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सबै नेताहरुले आत्मालोचना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

‘पार्टीलाई एकतावद्ध राख्ने, पार्टीलाई विधि पद्धती र कम्युनिस्ट मूल्य मान्यताअनुसार सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताको पक्षमा समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणको लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा दृढतापूर्वक अगाडि बढ्ने निर्णय लिएका छौं’ प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । ‘पार्टी, सरकार वा सम्बन्धित क्षेत्रहरुमा जे जति कमीकमजोरी भएका छन्, त्यसमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत आत्मालोचना गर्नु भएको छ ।’

बैठकले पार्टीलाई फुटको दिशातिर लैजाने कुनै पनि क्रियाकलापमा सहभागी नहुन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । प्रवक्ता श्रेष्ठले हाललाई पार्टीमा माधव कुमार नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने विषय टुंगिएको बताउनुभयो । ‘यसअघिको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको यस्तो प्रस्ताव रहेपनि नेपालले नै अस्वीकार गरेको सन्दर्भमा यो विषय टुंगिएको छ’ उहाँले भन्नुभयो ।

बैठकले उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय पनि गरेको छ । वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्तावबारे के छलफल भयो भन्ने संचारकर्मीको प्रश्नमा ‘उपयुक्त समयमा उपाध्यक्ष गौतमलाई प्रतिनिधिसभामा लैजाने वातावरण बनाउने निणर्य गरेको’ प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

यस्तै, बैठकले कोरोना भाइरसको संक्रमण रोक्न पार्टी पंक्तिलाई एकजुट गराउने निर्णय गरेको छ । यस्तै, सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पार्टीमा छलफल गरेर अघि बढाउने र बजेट समेत पार्टीको सुझावका आधारमा तयार गर्ने पनि निर्णय भएको छ ।

सचिवालय बैठकले बैठक २५ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ । त्यसअघि बैठकको एजेण्डा तय गर्न बैशाख २४ गते पुनः सचिवालय बैठक बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ८ : ४० बजे

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा

राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित, रास्वपा उम्मेदवारको जमानत फर्केन

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभा सदस्यका

मोदीले बधाई सन्देश दिँदै भने – निर्वाचन परिणाम नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक कोसेढुंगा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको निर्वाचन र यसको