५ पुस २०८२, शनिबार | December 20, 2025

बेलायती प्रधानमन्त्री जोन्सनको स्मरण : कोरोना भाइरसको संक्रमणबाट निकै डराएको थिएँ



कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी भएर हालै मात्र निको भएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफुलाई बचाउन चिकित्सकहरुले ठूलै युद्ध लडेको बताएका छन् ।

प्रधानमन्त्री जोन्सनले आफ्नो उपचारसँग जोडिएका एक जानकारी सार्वजनिक गर्दै आफुलाई जीवितै राख्न चिकित्सकहरुले कैयौं अक्सिजन दिएको बताएका छन् । सन पत्रिकालाई दिएको एक अन्तरवार्तामा बोरिस जोनसनले उनलाई जिउँदो राख्नका लागि डाक्टरले उनलाई थुप्रै लिटर अक्सिजन दिएको जानकारी दिए ।

प्रधानमन्त्री जोनसनलाई २६ मार्चमा कोरोना संक्रमित देखिएको थियो। त्यसपछि उनलाई लण्डनको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना गरिएको भोलिपल्टै उनलाई आइसीयूमा भर्ना गर्नुपरेको थियो ।

अस्पतालमा रहँदा कोरोनाको स्थितिबाट कहिले पार पाइएला भनेर मात्रै सोच्ने गरेको जोन्सनले बताएका छन् ।
यसैबीच, प्रधानमन्त्री जोन्सनकी पत्नी केरी साइमन्ड्सले उपचारमा खटिएका दुई डाक्टरको नाममा आफूहरुले छोराको नाम राखेको जानकारी दिएकी छिन्।

आफ्नो ज्यान बचाउने डाक्टरको नाममा जोन्सन दम्पतीले छोराको नाम विल्फ्रेड लरी निकोलस जोनसन राखेका छन् ।

प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज भएको केही दिनपछि नै उनीहरुलाई पुत्रलाभ भएको थियो ।

आफ्नो स्थिती बिग्रिएको अवस्थामा के गर्ने भनेर डाक्टरहरुले त्यसको पनि प्रबन्ध मिलाएको बोरिसले जानकारी दिए ।

जोनसनले भने, ‘केही दिनभित्रै मेरो स्थिती अत्यधिक खराब भएको थियो, मेरा लागि यो कुरा विश्वास गर्न मुश्किल थियो ।’

प्रधानमन्त्री जोन्सन अहिले पूर्ण निको भएर नियमित काममा फर्किसकेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ९ : ३० बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता