५ पुस २०८२, शनिबार | December 20, 2025

तातोपानीमा भन्सारका कर्मचारी र व्यापारीको मिलेमतोमा अनावश्यक सामान आयात हुन थालेपछि जनप्रतिनिधि आन्दोलित



तातोपानी । तातोपानी नाकाबाट कोरोना भाइरस प्रतिरोधी स्वास्थ सामग्री र खाद्यान्नभन्दा पनि अनावश्यक सामान आयात हुन थालेको भन्दै भोटेकोशी गाउँपालिकाका जनप्रतिनिधिले तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

तातोपानी भन्सारका कर्मचारी र व्यापारीको मिलेमतोमा स्याउ, लसुनजस्ता सामान तातोपानीमा आएको उनीहरुको भनाइ छ । भोटेकोशी गाउँपालिका–१ का वडाध्यक्ष मुके शेर्पाका अनुसार सो नाकाबाट स्वास्थ सामग्री र अतिआवश्यक खाद्यान्न मात्रै ल्याउन चीन तथा नेपालका प्रशासनिक र सुरक्षाकर्मीको बैठकले निर्णय गरेको थियो ।

केही दिनदेखि अतिआवश्यकभित्र नपर्ने स्याउ र लसुन ल्याएको भन्दै गाउँपालिकाका वडाध्यक्षहरुले तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । लकडाउनका बेला अनावश्यक वस्तु स्याउ, लसुनजस्ता सामान आयात हुन थालेपछि सीमावर्ती गाउँपालिकाका जनप्रतिनिधि आन्दोलनमा उत्रिएका हुन् ।

स्याउ र लसुन ल्याएको भन्दै गाउँपालिका-१ का अध्यक्ष शेर्पा, २ का अध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठ, ३ का अध्यक्ष कैलाश पौडेल र ४ का अध्यक्ष साङदोर्जे शेर्पाले वैशाख १९ गते ज्ञापनपत्र बुझाउनुभएको हो । भन्सार प्रमुखले ज्ञापनपत्र लिन नमानेपछि वडाध्यक्षहरुले भन्सार कार्यालयमा सुरक्षा दिइरहेका प्रहरीमार्फत भन्सार कार्यालयलाई ज्ञापनपत्र बुझाउनुभयो ।

गाउँपालिका–२ का अध्यश्र श्रेष्ठले कोरोना भाइरसका कारण लकडाउन भएको बेला नाकाबाट स्वास्थ सामग्री र अतिआवश्यक खाद्यवस्तु (चामल, दाल, तेल, नुन) मात्रै ल्याइनुपर्ने हो तर केही दिनअघि भन्सारका कर्मचारी, केही व्यापारी, प्रशासन, सुरक्षाकर्मीको मिलेमतोमा स्याउ र लसुन ल्याइएको प्रति आक्रोश व्यक्त गर्नुभयो ।

नेपाल भित्रिएका स्याउ र लसुन राजधानी लैजान नदिने र केही गरी सो वस्तु काठमाडौँ लैजाने प्रयास गरिए वडाध्यक्ष र स्थानीयवासीले प्रतिकार गर्ने वडाध्यक्षहरुले चेतावनी दिएका छन् । तत्कालका लागि कारोना भाइरस प्रतिरोधी सामग्रीबाहेकका सामान नल्याउन पनि वडाध्यक्षहरुले भन्सार कार्यालयलाई आग्रह गरेका छन् ।

लकडाउनमा स्वास्थ सामग्री र खाद्यान्नबाहेक स्याउ, लसुनलगायतका वस्तु ल्याइएको खण्डमा वडावासी र गाउँपालिकावासी सशक्त प्रतिकार गरेर सो सामान सबैको रोहवरमा नष्ट गर्ने वडाध्यक्षहरुले बताएका छन् । गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले व्यापारी र भन्सारका कर्मचारीको मिलेमतोमा सामान आएको जानकारी दिनुभयो ।

मापदण्ड नपुगेको भन्दै भोटेकोशीको क्वारेन्टाइन बन्द

मापदण्ड नपुगेको भन्दै भोटेकोशीका १० श्ययाको क्वारेन्टाइन बन्द गरिएको छ । शनिबार अनुगमनका क्रममा १८ श्ययामध्ये आठ श्यया मात्र मापदण्ड पूरा भएको पाइएकाले बाँकी १० वटालाई खारेज गारिएको जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख दुर्गादत्त चापागाईँले बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, सहायक जिल्ला प्रमुख बाबुराम खनाललगायतले बाह्रबिसे क्षेत्रीय क्वारेन्टाइन लामोसाँघुलगायत आसपासका क्वारेन्टाइनको अनुगमन गर्नुभएको जिल्ला समन्वय समितिका प्रमुख तामाङले जानकारी दिनुभयो । उहाँले अन्य स्थानका क्वारेन्टाइनको पनि अनुगमन गरी मापदण्ड नपुगेकाहरु बन्द गरिने बताउनुभयो ।

यसैगरी शनिबार बाह्रबिसे आसपासका आठ एम्बुलेन्स चालकलाई व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री (पिपिइ सेट) वितरण गरिएको छ । चालकका लागि प्रदान गरिएको स्वास्थ्य सामग्रीमा पुनः प्रयोग गर्न मिल्ने व्यक्तिगत सुरक्षा सेट, मास्क, बुट र चश्मासमेत रहेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १० : २३ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य