३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

उत्तर कोरिया र दक्षिण कोरियाली सैनिकबीच गोली हानाहान



लामो समयदेखि शान्त रहेको उत्तर कोरिया र दक्षिण कोरिया सीमामा आइतबार अचनाक गोलाबारी भएको छ ।
उत्तर कोरिया र दक्षिण कोरियाका सेनाबीच दुई कोरिया छुट्याउने असैनिक क्षेत्रमा गोली हानाहान भएको हो।

उत्तर कोरियाले सुरुमा गोली हान्न सुरु गरेको र जवाफी फायरिङ आफुहरुले गरेको दक्षिण कोरियाको सेनाले दाबी गरेको छ । घटनाको स्वतन्त्र पुष्टि भने भएको छैन ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जङ उन २० दिनपछि सार्वजनिक भएको २४ घण्टा नपुग्दै दुई कोरिया सेनाबीच गोलाीबारी भएको छ । दक्षिण कोरियाले सैन्य हटलाइनमार्फत उत्तरसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको जोइन्ट चिफ अफ स्टाफ (जेसीएफ) ले जनाएको छ।

घटनामा दुबै पक्षतर्फ कुनै हताहती वा क्षति नभएको बीबीसीले जनाएको छ।

सन् २०१८ मा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीच पानमुङजोङ असैनिक क्षेत्रमा शिखर सम्मेलन भएको थियो ।

कुनै समय यौटै मुलुक रहेका उत्तर र दक्षिण कोरियाबीच सन् १९५० को दशकमा भीषण लडाईं भएको थियो । दक्षिण कोरियामा रहेका हजारौं अमेरिकी सैनिक कोरियाली प्रायद्वीपबाट हटाउनुपर्ने उत्तर कोरियाले माग गर्दै आएको छ । उत्तर कोरियाले आणविक हतियार नष्ट गर्नुपर्ने दक्षिण कोरिया र अमेरिकाको माग रहँदै आएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १२ : ५३ बजे

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४

फिफा विश्वकप फुटबल : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल-२०२६ को तेस्रो खेलमा घरेलु टोली

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय