५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

कोरोना संक्रमणबाट वच्न दाङका कारागारमा उच्चसतर्कता



दाङ । कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि दाङका दुवै कारागारमा उच्च सर्तकता अपनाइएको छ । तुलसीपुर र घोराही कारागारमा उच्चसर्तकता अपनाइएको सम्बन्धित कारागारले जनाएका छन् ।

कोरानाका भाइरसको जोखिमलाई ध्यानमा राखी तुलसीपुर कारागारमा कैदीबन्दीको आफन्तसंँगको भेटघाटलाई पूर्ण रोक लगाइएको कारागारका जेलर युवराज परियारले बताउनुभयो । उहाँका अनुसार कारागारको एउटा कोठामा क्वारेन्टटाइन बनाइएको र कारागारमा पठाइने कैदीबन्दीलाई स्वास्थ्य परीक्षण गरेर मात्र भित्र राखिने गरिएको छ । उहाँले कैदीबन्दीलाई सेनिटाइजर र मास्कको प्रयोगको पनि व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

जेलर परियारका अनुसार लडकाउन अवधिमा तुलसीपुर कारागारमा तीन पुरुष र एक महिला गरी चार बन्दी ९थनुवा० र एक आश्रित ९बालक ० थपिएका छन् । यससँगै हाल त्यहाँ ४६६ जना कैदीबन्दी छन् । तीमध्ये ४२९ पुरुषm ३३ महिला र चार आश्रित बालबालिका छन् ।

घोराही कारागारमा पनि कोरोनाको संक्रमणबाट जोगिनका लागि उच्च सर्र्तकता अपनाइएको छ । त्यहाँ सात जना अट्ने क्षमताको क्वारेन्टाइन निर्माण गरिएको कारागारका जेलर विष्णुप्रसाद पाण्डेले बताउनुभयो । कारागारमा थपिने कैदीबन्दी तथा कारागारमा रहेकालाई पनि समस्या देखिएमा त्यहाँ राख्नका लागि क्वारेन्टाइन निर्माण गरिएको हो ।

“शुरुमा क्वारेन्टाइनमा १४ दिनसम्म राख्छौँ, त्यसपछि स्वास्थ्य परीक्षण गरेर मात्र कारागार चलान गर्छाँै”, जेलर पाण्डेले भन्नुभयो । उहाँका अनुसार बन्दाबन्दी शुरु भएदेखि कारागारमा कैदीबन्दीसँंग आफन्तको भेटघाटलाई पूर्ण रोक लगाइएको छ ।
घोराही कारागारमा बन्दाबन्दीको शुरु भएदेखि हालसम्म सात बन्दी थपिएका छन् । ती थपिएकासँंगै हाल सो कारागारमा २७६ कैदीबन्दी छन् । कारागारको क्षमता भने सत्तरी जना मात्र छ ।

दाङका नाकामा कडाइ

छिमेकी जिल्ला बाँकेको नेपालगञ्जमा कोभिड–१९ संक्रमित भेटिएपछि दाङका सबै नाकामा कडाइ गरिएको छ । बाँकेबाट दाङको तुलसीपुर भित्रिने मुख्य नाका अमिलिया, भालुबाङ, शिवखोलाातिर कडाइ गर्न थालिएको प्रजिअ गोविन्दप्रसाद रिजालले बताउनुभयो ।

उहाँका अनुसार त्यस्तै भारतसँग सीमा जोडिएका कोइलाबास, धौवा, सिरिया, पटौली, सुनतखरीलगायत ३१ नाकामा पनि कडाइ गरिएको छ । तीमध्ये १० नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको प्रजिअ रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोही स्थानमा चौबीसै घण्टा कडा जाँच गर्न थालिएको छ । एम्बुलेन्स, खाद्य पदार्थ, पेट्रोलियम पदार्थलगायत सवारी साधनलाई पनि कडा जाँच गरिने छ ।

एम्बुलेन्समा बिरामीसंँग दुई जनाभन्दा बढी कुरुवा लैजान नपाउनाका साथै अस्पतालमा बसेर आएकालाई होम क्वारेन्टाइनमा राखिने भएको उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेले बताउनुभयो । नेपालगञ्ज जाने र त्यहाँबाट आउने हरेकको रेकर्डसमेत राखिने भएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ५ : ५२ बजे

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११