५ श्रावण २०८३, मंगलबार | July 21, 2026

दर्ता भयो सांसदसहित पुर्वमहानिरीक्षक विरुद्धको मुद्दा



बुटवल । प्रहरीले दर्ता गर्न नमाने पछि रोकिएको सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ [किसान] र नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक सर्वेन्द्र खनालविरुद्धको अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूर सम्बन्धि उजुरी आज दर्ता भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा सोमबार दिउँसो उजुरी दर्ता भएको सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनालले जानकारी दिनुभएको छ । उजुरीमा उनीहरुमाथि जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेर काठमाडौं ल्याएको आरोप लगाईएको छ ।

खनालका अनुसार सरकारी वकिल कार्यालयले उजुरीमाथि अध्ययन गर्नेछ र आवश्यकता अनुसार थप प्रक्रियाका लागि प्रहरीसमक्ष पठाउनेछ ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५ मा जाहेरी दर्खास्त वा सूचना प्रहरीले दर्ता नगरे सरकारी वकिलको कार्यालयमा उजुरी गर्न सकिने व्यवस्था छ । र, उजुरी प्राप्त भएपछि सम्बन्धित सरकारी वकिलको कार्यालयले त्यसको अभिलेख राखेर जाहेरी दर्खास्त वा सूचना आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाउनु पर्ने व्यवस्था गरिएको छ ।

अपहरणको जाहेरी दर्ता गर्न १६ वैशाखमा सांसद यादवसहित जनता समाजबादी पार्टीका नेताहरु महानगरीय प्रहरी परिसर, काठमाडौं गएका थिए । तर प्रहरीले दर्ता गर्न अस्वीकार गरेपछि आज उनीहरु सरकारी वकिलको कार्यालय पुगेका हुन् ।

वैशाख १६ गते सरकारी वकिल कार्यालयले पनि यादवको जाहेरी लिन मानेको थिएन । उनीहरुले उजुरीको प्रति वकिल कार्यालय मै छाडेर फर्किएका थिए । सा‌ंसद यादवले यस अघि राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजुरी दिएका छन् । आयोगमा उजुरी पुगेपछि मात्र सरकारी वकिलको कार्यालयले उजुरी दर्ता गरेको छ ।

 

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ३ : ५३ बजे

‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

सुदूरपश्चिम । ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै जाँदा कैलालीमा

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

काठमाडौं । सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६

जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह

विश्वकप लिग-२ मा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक आज बिहान