१६ चैत्र २०७९, बिहिबार | March 30, 2023

अनेसास पोर्चुगलको अध्यक्षमा स्पन्दन बिनोद



काठमाण्डौ । अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलमा नयां नेतृत्व चयन भएको छ ।

राजधानी लिस्बनमा सम्पन्न भएको समाजको नवौं अधिबेशनले आगामी दुई बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो । अधिबेशनले साहित्यकार स्पन्दन बिनोदको अध्यक्षतामा १९ सदस्यीय नयां कार्यसमिती सर्वसम्मत चयन गरेको हो ।

जसको बरिष्ठ उपाध्यक्षमा बद्रिबाबु पोखरेल चयन भएका छन् भने दुई उपाध्यक्षमा सवी श्रेष्ठ र विशेष आत्रेय निर्वाचित भएका छन् । समाजको महासचिवमा अर्जुन बाराहाली निर्वाचित भएका छन् भने सचिवमा शम्भु सिलवाल चयन भएका छन् । कोषाध्यक्षमा बिजय गुरुङ र सह–कोषाध्यक्षमा बिद्या आचार्य निर्बाचित भएका छन् ।

यस्तै सदस्यहरुमा यादव देवकोटा, अरुन भेटवाल, सागर शाह, नविन पाण्डे, शान्ति अर्याल, रमेश भट्टराई, रितु पाख्रीन तामाङ, दिव्यकान्त उप्रेती, सोम अनुराग बस्नेत, स्मिता सत्याल र किरण लिम्बु चयन भएका छन्।

समाजले पोर्चुगलका लागि अवैतनिक वाणिज्यदूत मकर बहादुर हमाललाई समाजको संरक्षकमा चयन गरेको छ । यस्तै समाजको सल्लाहकारमा अनेसासका केन्द्रीय उपाध्यक्ष सुनिल संगम, एनआरएनए आईसिसी सदस्य नारायण काजी मगर अर्का आईसिसी सदस्य रविन अधिकारी, एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरे र समाजका निवर्तमान अध्यक्ष वाई.वी. गुरुङलाई चयन गरेको समाजले जनाएको छ ।

बिगत लामो समयदेखि साहित्यीक क्षेत्रमा क्रियाशील स्पन्दन समाजको सचिव, महासचिव हुदैं हाल अध्यक्षमा निर्वाचित भएका हन् ।

नवनिर्वाचित अध्यक्ष स्पन्दनले गत बर्ष युरोपको अन्तिम बिन्दु पोर्चुगलको काबो दा रोकाबाट एकैपटक दुई वटा गजल संग्रह “भिजाएर गयौं” र “अविरल स्पन्दन” बिमोचन गरेका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ९ : ११ बजे

शुद्धोधन गाँउपालिका-७ का वडा अध्यक्ष सहित प्रमुख कार्यकारी अधिकृत घुस सहित अख्तियारको फन्दामा

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको शुद्धोधन

एक दुई हप्ताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान हुन्छ : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई हप्ताभित्र गौतमबुद्ध

लोसपाले शरतसिंह भण्डारीलाई मन्त्री बनाउने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले सांसद शरत सिंह भण्डारीलाई

नारायणगढ-बुटवल सडक विस्तारले गति लिँदै

काठमाडौं । लामो समयदेखि निर्माण सुस्त रहेको नारायणगढ–बुटवल सडक विस्तारले

सुनचाँदी मुल्य : सुनको घट्यो, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य ३०० रुपैयाँले घटेको