१८ कार्तिक २०८३, बुधबार | November 4, 2026

कांग्रेस सभापति थापा र एमाले अध्यक्ष ओलीबीच गुन्डुमा भेटवार्ता



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

ओली निवास गुन्डुमा मंगलबार साँझ भएको भेटवार्तामा मधेस प्रदेश सरकारका विषयमा छलफल भएको बताइएको छ । उनीहरूबीच समसामयिक विषय, सरकारको कार्यशैली तथा पछिल्लो विकसित घटनाक्रमबारे पनि छलफल भएको जनाइएको छ ।

मधेस प्रदेशमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको सरकार छ । तर, एमालेले कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन गत असोज २५ गते फिर्ता लिएको थियो ।

१०७ सदस्यीय मधेस प्रदेशसभामा जनता समाजवादी पार्टीका २७, नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १५, जनमत पार्टीका १२ तथा संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक-एक सांसद छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ९ : ३२ बजे

बुटवल-११ को वडाध्यक्षमा रास्वपाबाट सुनिल शाहीको उम्मेदवारी घोषणा

बुटवल । स्थानीय निर्वाचन नजिकिँदै जाँदा विभिन्न राजनीतिक दल तथा

काठमाडौं आइपुगे कर्णाली याक्समा आबद्ध डेभिड मिलर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्समा अनुबन्ध

भारतीय विदेश सचिव मिश्री काठमाडौंमा, प्रधानमन्त्री शाहसँग भेट्ने कार्यक्रम

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका

पटाकाजन्य विस्फोटक पदार्थसहित दुई भारतीय नागरिक पक्राउ

चितवन । प्रहरीले रु छ लाख बराबरको पटाकासहित दुई जना

कांग्रेस सभापति थापा र एमाले अध्यक्ष ओलीबीच गुन्डुमा भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका