१५ जेष्ठ २०८०, सोमबार | May 30, 2023

यूएईमा अलपत्र नेपाली नागरिकबाट नेपाली दूताबासमा धर्ना



काठमाडौं । युनाइटेड अरब इरिमरेट्सको दुबईस्थित इमिरेट्स क्याब ट्याक्सीमा काम गर्ने नेपाली नागरिकले नेपाली दूताबासमा धर्ना दिएका छन् ।

उनीहरु धर्ना दिनका लागि दुबईबाट आबुधावी पुगेका थिए । कोरोना भाइरसको महामारी फैलिने भएपछि इमिरेट्स क्याबमा काम बन्द भएपछि अलपत्र परेका नेपाली नागरिकले स्वदेश फर्काउन माग गर्दै दूतबासमा धर्ना दिएका हुन् ।

यूएईको सारजहास्ति कम्पनीले वेवास्ता गर्दा ३० जना नेपाली नागरिक अलपत्र परेका थिए । ति मध्ये १७ जना श्रमिक धर्नाका लागि आबुधावी पुगेका थिए । उनीहरुलाई यूएईमै रहेका नेपालीहरुले उद्दार गरेर कोठा खोजेर राखेका थिए ।

तर, कोठा भाडाको समय अवधि सकिएपछि फेरि अलपत्र हुने अवस्था आएको भन्दै उनीहरु लगेज बोकेरै दूतावासमा पुगेका थिए ।
उनीहरु धर्नामा बसेपछि दूतावासमा छलफल भै एनआरएनएको सहयोगमा सारजाहमा बस्ने व्यवस्था मिलाएको बताएइको छ ।
उनीहरुलाई सारजाहसम्म लैजाने प्रवनध पनि मिलाइएको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ४ : ५६ बजे

खजुरामा धुमधामका साथ मनाइयो गणतन्त्र दिवस

खजुरा । १६ औ गणतन्त्र दिवसलाई खजुरा गाउँपालिकाले बृहत कार्यक्रम

अव करदाताले क्युआर कोड सहितको कर चुक्ता प्रमाणपत्र लिन सक्ने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा राजश्व प्रशासनलाई व्यापक सुधार

तयारी वस्तुमा भन्दा कच्चा वस्तुको आयातमा एक तह कम भन्सार लाग्ने

काठमाडौं । सरकारले तयारी वस्तुको तुलनामा कच्चा पदार्थ आयातमा लाग्ने

भारत भ्रमणबारे प्रधानमन्त्रीले गराए संसदलाई जानकारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय हितलाई केन्द्रमा

Interview: Only an advanced democracy can be an alternative to democracy – PM Prachanda

The 16th Republic Day is being celebrated across the country