५ श्रावण २०८३, मंगलबार | July 21, 2026

नेपालगन्जस्थित सेना र प्रहरीका अस्पताललाई कोरोना विशेष अस्पताल बनाईंदै



बुटवल । नेपालगन्जस्थित नेपाली सेना र प्रहरीका अस्पताललाई कोरोना भाइरसका संक्रमितको उपचार विशेष अस्पतालको रुपमा प्रयोग गरिनेभएको छ ।

५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल संयोजकत्वमा रहेको ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर’ ले नेपालगन्जस्थित सेना र प्रहरीका अस्पतालहरूलाई कोरोना विशेष अस्पतालको रुपमा प्रयोग गर्ने निर्णय गरेको हो । बैठकले कोरोना विशेष अस्पतालका लागि आवश्यक सबै खर्च कोरोना भाइरस रोकथाम तथा उपचार कोषबाट गर्ने र त्यसको व्यवस्था मन्त्रालयले मिलाउने निर्णय गरेको छ ।

नेपालगन्जमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि त्यहीँ अलग्गै अस्पतालको आवश्यकता महशुस गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो । बैठकले प्रदेशभर परीक्षणको दायरा बढाउँने पनि निर्णय गरेको छ । यसका लागि आवश्यक किट, स्वास्थ्य सामग्री, पर्सनल सेक्युरिटी इक्विपमेन्ट तथा औषधि उपलब्ध गराउन सामाजिक विकास मन्त्रालयले संयोजन गर्ने छ ।

यस्तै, भारतबाट आएकाहरुलाई सिधै आइसोलेशनमा राखी स्वाब संकलनको व्यवस्था मिलाउने र रिपोर्ट पोजिटिभ देखिए कोरोना विशेष अस्पतालमा पुर्याउने निर्णय गरिएको केसीले बताउनुभयो । यस्तै, रूपन्देही, कपिलवस्तु र बाँकेमा थप तीन हजार क्वारेन्टाइन बेड व्यवस्था गरिने भएको छ ।

भारतबाट कसैलाई पनि नेपाल छिर्न नदिन थप सुरक्षाकर्मी परिचालन गरिने पनि निर्णय भएको छ । सीमाक्षेत्रको सुरक्षासम्बन्धी जनशक्ति, आवश्यक सामग्री र आवासलगायत समस्याबारे आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गृहमन्त्रालयसँग समन्वय गरी कार्ययोजना तयार गर्ने जनाइएको छ ।

यस्तै, स्थानीय श्रमिक प्रयोग गरी सञ्चालन गर्न सकिने निर्माण र उत्पादनसँग सम्वन्धित कार्य सञ्चालनका लागि प्रमुख जिल्ला अधिकारीले सहजीकरण गर्ने जनाउँदै बैठकले विकासनिर्माणसँग सम्बन्धित कामका सामग्रीको ढुवानी व्यवस्थाका लागि समेत प्रजिअले सहजीकरण गर्ने बताएको छ ।

अदक्ष र अर्धदक्ष कामदारका हकमा सम्बन्धित पालिकाभित्रका श्रमिकलाई उपयोग गर्ने, दक्ष कामदारका हकमा प्रदेशभित्रबाट उपलब्ध गराउन सकिने र त्यसका लागि पालिकाको सिफारिसमा प्रजिअले अनुमति दिने बैठकले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  २ : ३२ बजे

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

तयारी पोसाक उद्योगको विकासमा सरकार कटिबद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको