९ चैत्र २०७९, बिहिबार | March 23, 2023

नवलपरासीमा रासायनिक मल अभाव



नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा रासायनिक मल अभाव देखिएको छ । यहाँ माग अनुसारको मल आपूर्ति हुन सकेको छैन । नजिकिँदै गरेको धानको बीउ राख्ने समय र धान रोप्ने कार्यमा किसानलाई समस्या हुने सुस्ता १ फेचुवाका किसान दीपेन्द्र चौधरी बताउनुहुन्छ । धानको बीउ राख्नका लागि खेतमा पोटास, युरिया, डिएपीलगायत मल आवश्यक पर्छ ।

‘अहिले धानको बीउ छर्ने बेला आएको छ, मलको अभावमा समयमा बीउ छर्न पाइँदैन भन्ने चिन्ता छ’, फेचुवाका किसान राजेशकुमार चौधरी बताउनुहुन्छ ।

पश्चिम नवलपरासीमा वार्षिक १५ हजार मेट्रिक टन रासायनिक मल आवश्यकता पर्ने भए पनि करीब आठ हजार मेट्रिक टन मात्र जिल्लामा प्राप्त भएको कृषि सामग्री कम्पनी लिमिटेड नवलपरासीले जनाएको छ । ‘किसानलाई माग अनुसार आपूर्ति गर्न सकिएको छैन । हरेक वर्ष मागअनुसार अभाव हुन्छ, यस पटक बन्दाबन्दीका कारण किसानहरुले माग गरेअनुसार मल दिन सकिएको छैन’, कार्यालयका प्रमुख प्रकाशचन्द्र ज्ञवालीले भन्नुभयो ।

पश्चिम नवलपरासीमा कुल रु २९ हजार २८५ हेक्टर खेतीयोग्य जमीन छ । सोमध्ये २१ हजार १७५ हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । सो खेतीमा वार्षिक ९० हजार ३५४ मेट्रिक टन धान उत्पादन हँुदै आएको कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  २ : ४२ बजे

पहिरो नियन्त्रण

त्रिशूली । ‘गल्छी-रसुवागढी’ सडक योजनाको कार्यालय नुवाकोटमार्फत बिस्तार भइरहेको अन्तराष्ट्रिय

देवचुलीमा छाडा चौपायाको व्यवस्थापन

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले छाडा चौपायाको

कर्णालीमा ९६ प्रतिशत नागरिक दूषित पानी पिउँदै

सुर्खेत । कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषण भएको

महङ्गियो चलचित्र निर्माण

काठमाडौं । केही समयअघि तेलुगु चलचित्र उद्योगले सुटिङ नै बन्द

पस्मिनाको गुणस्तर परीक्षणका लागि विज्ञ टोली मुस्ताङमा

म्याग्दी । पस्मिनाको कच्चापदार्थ च्याङ्ग्राको भुवाको गुणस्तर परीक्षणका लागि विज्ञ