२१ भदौ २०८३, आइतबार | September 6, 2026

वीरगन्जका १७ जना संक्रमित एकै परिवारका



वीरगन्ज । बुधबार संक्रमित पुष्टि भएका वीरगन्जका १७ जना व्यक्ति एकै परिवारका भएको थाहा भएको छ ।

गत साता वीरगंज–३ छपकैयाका ३६ वर्षीय स्थानीय युवामा कोरोना संक्रमण भएको थियो।

उनको कन्ट्रयाक्ट ट्रेसिङको क्रममा परिवारका सदस्यहरुको स्वाब चेकजाँच गर्दा कोरोना पोजेटिभ देखिएको नारायणी अस्पताल वीरगन्जले पुष्टि गरेको छ ।

बुधवार भेटिएको १७ जना नयाँ संक्रमित निजकै कन्ट्रयाक्ट ट्रयासिङको परिमाण भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताउनुभयो ।

संक्रमित मध्ये एक दुई महिनाका नाबालक छन् भने ६६ वर्षीय वृद्ध पनि रहेका छ्न ।

संक्रमित सबैलाई अस्पताल ल्याउने तयारी भैरहेको डा. उपाध्यायले जानकारी दिनुभयो । यसअघि भेटिएका संक्रमित युवा स्थानीय वडा स्तरीय राहत वितरण गर्ने सर्वदलीय समितिका प्रतिनिधि हुन्।

संक्रमितहरुको घर पहिलेदेखि नै सिल गरिएको छ । यसैले स्थानीय बासिन्दालाई नआत्तिन तर सचेत बन्न प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ५ : ५७ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका