१५ चैत्र २०७९, बुधबार | March 29, 2023

कोरोनापीडित देशमा एनआरएनएबाट आर्थिक सहयोग



गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोभिड– १९ पीडित देशमा आर्थिक सहयोग गरेको छ ।

एनआरएका महासचिव डा हेमराज शर्माका अनुसार कोरोना भाइरसबाट बढी प्रभावित देशमध्येका थप पाँच देशका लागि संस्थाले आर्थिक निकासा दिएको हो ।

आर्थिक सहयोग पाउने देशमा बहराई, स्पेन, पोर्चुगल र इटाली पाँचपाँच हजार तथा माल्टा तीन हजार अमेरिकी डलर रहेको एनआरएन, कोभिड–१९ उच्चस्तरीय समन्वय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।

संस्थाले पहिलो चरणमा कुवेत, संयुक्त अरब इमिरेट्स, सउदी अरब र साइप्रसमा रहेका संस्थाका राष्ट्रिय समितिमार्फत आर्थिक सहयोग वितरण गरेको थियो ।

संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७३ पुगेको एनआरएनले जनाएको छ । एनआरएन, स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार २७ देशमा रहेका पाँच हजार २४७ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ८ : ३१ बजे

मंगलबार घटेको सुनचाँदीको मुल्य आज बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। अघिल्लो

गठबन्धन बैठक निष्कर्षविहीन, ३ बजे पुनः बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारमा सहमति जुटाउन सकेको छैन ।

देउडा अभिनयमा जम्दै ‘झरना’

महेन्द्रनगर । पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना

बालुवाटारमा सत्ता गठबन्धन बैठक सुरु, सरकारको न्युनतम साझा कार्यक्रम मुख्य एजेण्डा

काठमाडौं । मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई

आज चैते दशैं, यस्तो छ चैते दशैंको धार्मिक महिमा

काठमाडौं । आज हिन्दुहरुको दोस्रो दशैंकारुपमा चैते दशैं पर्व मनाइँदै