५ पुस २०८२, शनिबार | December 20, 2025

तिलोत्तमाका विद्यालयलाई नगरपालिकाको निर्देशन : नयाँ शैक्षिक सत्रमा २०७६ कैं पाठ्यपुस्तकलाई निरन्तरता दिनू



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शैक्षिक सत्र २०७६ का पाठ्यपुस्तकलाई नैं नयाँ शैक्षिक सत्रमा लागू गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ ।

बुधबार बसेको नगर शिक्षा समितिको बैठकले हरेक वर्ष पाठ्यपुस्तक फेर्दा अभिभावकलाई आर्थिक व्ययभार बढ्ने भन्दै शैक्षिक सत्र २०७६ मा लागू गरिएका पाठ्यपुस्तकलाई नै शैक्षिक सत्र २०७७ मा निरन्तरता दिने निर्णय गरेको हो । कोरोना संक्रमणको कारण उत्पन्न आर्थिक संकट समेतलाई मध्यनजर राखी विद्यालय पाठ्यपुस्तकको सन्दर्भमा यस्तो निर्णय गरिएको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिनुभयो ।

विद्यालयहरुले नतिजा प्रकाशनसँगै नयाँ शैक्षिक सत्रमा लागू हुने पाठ्यपुस्तकको सूची विद्यार्थी, अभिभावक तथा पुस्तक बिक्रेतालाई दिने गर्दछन् । शिक्षा समितिको बैठकले २०७६ सालको कक्षा ९ सम्मको वार्षिक परीक्षाको नतिजा जेठ २ गते डिजिटल प्रविधि अथवा टेलिफोनको माध्यमबाट विद्यार्थी तथा अभिभावकहरुलाई जानकारी गराउने निर्णय पनि गरेको छ ।

तर विद्यार्थी भर्ना तथा पठनपाठन सम्बन्धी कार्य शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सूचनाअनुसार अर्को निर्णय नहुँदासम्म नहुने नगरपालिकाले स्पष्ट पारेको छ । यस्तै नगरपालिकाले विद्यार्थी भर्ना तथा अनलाईन पठनपाठनको नाममा कुनै पनि प्रकारको शुल्क नलिन विद्यालयहरुलाई सचेत गराएको छ । लकडाउन लम्बिरहँदा कतिपय विद्यालयहरुले अनलाइन कक्षाहरु सञ्चालन गरेका छन् ।

नगरपालिकाले लिएको आधारभूत तह उत्तीर्ण परीक्षा अर्थात् कक्षा ८ को वार्षिक परीक्षाको नतिजा नगरपालिकाको वेवसाइडमा जेठ १ गते प्रकाशित गरिने र विद्यार्थीकोे सिम्बोल नम्बर तथा जन्म मिति टाईप गरी हेर्न सकिने शिक्षा शाखा प्रमुख आचार्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ८ : ४१ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य