२० श्रावण २०८३, बुधबार | August 5, 2026

आजको मौसम : सामान्य बदलीसंगै मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं । अहिले देशभर पश्चिमी न्युन चापीय रेखाको सामान्य प्रभाव, स्थानीय वायु, पूर्वी भु-भाग नजिक बनेको न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको सुदुरपश्चिमका भू-भागमा सामान्य बदली र बाँकी भु–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको पश्चिमी भू-भागमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पश्चिमी भू-भागका केही स्थानहरूमा र मध्य एवं पूर्वी भू–भागका एक, दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

आज राती देशभर सामान्य बदली रहने छ । देशको मध्य र पूर्वी भू-भागका केही स्थानहरूमा र पश्चिमी भू-भागका एक, दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहिबार  ७ : ४८ बजे

विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

काठमाडौं । सरकारले विदेशबाट नेपाल आउने नेपालीलाई अपरिचित व्यक्ति, दलाल

त्रिविका पूर्व शिक्षाध्यक्ष प्राडा खड्ग केसी विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष नियुक्त

काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) को अध्यक्षमा त्रिभुवन

लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङकी उक्याव

कोरियाली राजदूतद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट

काठमाडौं । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत तेयोङ पार्कले परराष्ट्र

कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेस प्रालिलाई उपस्थित हुन पत्राचार

काठमाडौं । कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेस प्रालि (उद्योग)लाई छलफलका लागि उपस्थित