२१ आश्विन २०८३, बुधबार | October 7, 2026

पश्चिमाञ्चल यातायात व्यवसायी समितिद्वारा कोरोना रोकथामका लागि आर्थिक सहयोग



बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिले कोरोना नियन्त्रण तथा रोकथामका लागि ३ लाख २ हजार आर्थिक सहयोग गरेको छ ।

बुटवलमा प्रधान कार्यालय रहेको समितिले रुपन्देहीको बुटवलस्थित धागो कारखानमा सञ्चालित अस्थायी कोरोना विशेष आइसोलेसन अस्पतालका लागि २ लाख ५१ हजार र बुटवल वडा नम्बर ११ लाइ ५१ हजार आर्थिक सहयोग प्रदान गरेको हो ।

अस्थायी कोरोना विशेष अस्पतालको स्तरवृद्विका लागि र वडा नम्बर ११ मा राहत वितरणका लागि सहयोग गर्नेगरी आर्थिक सहयोग प्रदान गरिएको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेले जानकारी गराउनुभयो । समितिको कार्यालयमा बिहीबार एक कार्यक्रमका बीच अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराइलाई समितिको तर्फबाट चेक प्रदान गरिएको हो ।

त्यसै गरी वडा नम्बर ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीलाई पनि सोही कार्यक्रममा समितिको तर्फबाट चेक प्रदान गरिएको हो । समितिका अध्यक्ष यमप्रसाद पाण्डेको अध्यक्षतामा भएको आर्थिक सहयोग प्रदान कार्यक्रममा समितिका पूर्व अध्यक्ष लोकराज पोखरेल, वरिष्ठ उपाध्यक्ष प्रतावबहादुर कार्की, महासचिव जीतबहादुर भाट, सचिव बसन्त खड्का, कोषाध्यक्ष हरि रिमाल, कार्यालय प्रमुख बाबुराम अधिकारी, कार्यालय सहायक प्रकाश गैरे, वरिष्ठ लेखापाल ऋषिराम भट्टराई, समितिका खगराज गौतम, लक्ष्मण गैर, गोपाल लम्साल लगायतको सहभागिता रहेको थियो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोरा महामारी रोकथाम तथा नियन्त्रणमा सहयोग पुगोस भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको समितिका अध्यक्ष पाण्डेले बताउनुभयो ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहिबार  ६ : ४७ बजे

संसदीय टोली विपद् प्रभावित क्षेत्रको अवलोकन गर्दै

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

मुस्ताङ । मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर

वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्दसत्र

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित

कांग्रेसको बन्दसत्र सबैका लागि खुला, प्रत्यक्ष प्रसारण गरिने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द