१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

आजबाट लकडाउन केही खुकुलो, के सञ्चालन गर्न पाइन्छ के पाईंदैन ? (सूचिसहित)



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट जोखिन जेठ ५ गतेसम्म बढाइएको लकडाउनलाई सरकारले आजबाट केही खुकुलो बनाएको छ ।

सरकारले कोरोना भाइरसको जोखिमबाट बच्नका लागि गत चैत्र ११ गतेदेखि निरन्तर लकडाउन जारी राखेको सरकारले केही क्षेत्र र सेवामा सशर्त खुला गर्ने निर्णय गरेको हो गत बुधबार बसेको मन्त्रिपषिद्ले आजबाट स्वास्थ्य सुरक्षामा विशेष ध्यान पुर्याउँदै विकास निर्माणका काम खुला गर्ने निर्णय गरेको थियो ।

तर, यातायात, बजार र शिक्षण संस्था, होटल, रेष्टु«रेन्ट, जीम हल लगायत खोल्न भने निषेध गरिएको छ । धेरै उद्योगधन्दा र कलकारखाना खोल्न पाइने भएको छ । सरकारले बाँकी लकडाउन अवधीमा के केमा छुट दिएको छ ? के के निषेध गरेको छ ?

सरकारले सञ्चालन गर्न अनुमति दिएका क्षेत्रहरु :

कृषि तथा पशुपंक्षीसम्बन्धी :

– खाद्य वस्तु र बाली लगाउने, पाकेको बाली भित्र्याउने कार्य
– पशुपंक्षीपालन, माछा, कुखुरापालन र बिक्रीविरतण
– फलफुल, तरकारी उत्पादन तथा बिक्रीविरतण
– दुग्धजन्य वस्तुको उत्पादन, सङ्कलन, भण्डारण र बिक्रीवितरण
– नर्सरीबाट बिरुवा उत्पादन, घाँस तथा दाना उत्पादन र बिक्रीविरतण
– कृषि बीउबिजन उत्पादन, भण्डारण र बिक्रीवितरण

स्वास्थ्यसम्बन्धी :

– सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाहरु अस्पताल
– नर्सिङ होम, पोलिक्लिनिक, ल्याब, डायग्नेस्टिक सेन्टर
– सबैप्रकारका खोप, अक्सिजनको उत्पादन तथा बिक्रीवितरण
– औषधि पसल, आयुर्वेदिक र होमियोप्याथिक सञ्चालन, एग्रोभेट र भेटेनरी सञ्चालन
– जनक शिक्षासामाग्री केन्द्र लिमिटेडबाट पाठ्यपुस्तक बिक्रीवितरण गर्न अनुमति लिएका पुस्तक पसलहरु

ढुवानी सेवा :

– कृषि तथा पशुपन्छीजन्य, स्वास्थ्य सेवासँग सम्बन्धि ढुवानी साधन, भन्सारबाट जाँचपास भई आएका उद्योग मालसामान बोक्न अनुमति
– पानी, ग्यास, पेट्रोलियम पदार्थ, औधोगिक कच्चा पदार्थ र तयारी मालवस्तु, विकास आयोजनामा प्रयोग हुने उपकारण लाने र ल्याउने,
– कृषि सामग्री एवम् प्राङ्गारिक मल बोकेका साधन, एम्बुलेन्स सेवा, जनक शिक्षा सामाग्रीले अनुमति दिएका विद्यालयका पाठ्यपुस्तक ढुवानी गर्ने अनुमति

उपत्यका प्रवेश गर्ने मालवाहक गाडीमा यात्रु राख्न नपाइने :

सरकारले काठमाण्डौ उपत्यका प्रवेश गर्ने मालवाहक सवारीमा यात्रु राख्न नपाउने निर्णय गरेको छ । प्रवेश बिन्दुमा त्यस्ता सवारी साधन चालकको नाम, सहयोगीको नाम, जन्म मिति, काठमाण्डौ प्रवेश गरेको मिति र फर्केको तथ्याङ्क राख्ने र फर्कँदा त्यही व्यक्तिहरु भएरनभएको जाँच गर्ने, झुटा विवरण दिइ यात्रा गरेको पाइएमा काननन बमोजिम कारबाही गर्ने निर्णय गरेको छ ।

विकास रआयोजनासम्बन्धी :

राष्ट्रिय गौरवका आयोजनाहरु सरकारी तथा निजी क्षेत्रबाट सञ्चालन भएका जलविद्युत्, सिँचाइ, खानेपानी, विमानस्थल, सडक र पुल, सरकारी भवन निर्माण र सबलीकरण गर्न अनुमति

यी काम गर्न एकस्थानमा अधिकतम १० जनाभन्दा नबढ्ने गरी काम गराउने, दैनिक अनिवार्य स्वास्थ्य परीक्षण गर्ने, एकै ठाउँमा बस्ने व्यवस्था मिलाउने, श्रमिकलाई कार्यस्थलमै खाना र खाजाको व्यवस्था मिलाउने निर्णय भएको छ । स्थानको अभाव भएमा सार्वजनिक, सरकारी र निजी विद्यालयको खाली भवन प्रयोग गर्न सकिने तर स्थानीयसँग सम्पर्क नहुने गरी सुरक्षित आवासको व्यवस्था मिलाउने, यससम्बन्धी सम्पूर्ण व्यवस्थाको खर्च सम्बन्धित निर्माण व्यवसायीले नै मिलाउनुपर्ने निर्णय भएको छ ।

ढुङ्गा, गिटी र बालुवा उत्पादन र वितरणसम्बन्धी :

– ढुङगा, गिट्टी र बालुवा उत्पादन, सङ्कलन र बिक्रीवितरण गर्न पाउने
– सिमेन्ट उद्योग सञ्चालन गर्न पाउने र आवश्यक सामग्री उत्पादन गर्न दिने
– नदी नियन्त्रणसँग सम्बन्धित कार्य गर्न सकिने र आवासस्थलदेखि निर्माणस्थलसम्म आवत जावत गर्न सुरक्षित तरिकाले श्रमिकलाई आवत जावत गर्ने व्यवस्था उद्योग सञ्चालकले मिलाउनुपर्ने

सार्वजनिक सेवासम्बन्धी :

– बैंक तथा वित्तीय संस्थाहरु बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अति आवश्यक पर्ने कर्मचारीमध्ये एक तिहाई कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने
– अतिआवश्यक पर्ने सेवा प्रदान गर्ने सरकारी तथा सार्वजनिक संस्थानले आवश्यक न्यूनतम कर्मचारीबाट आलोपालो प्रणालीबाट सुरक्षित रुपमा सेवा सञ्चालन गर्ने

औद्यौगिक उत्पादनसम्बन्धी : 

यस अवधिभर उत्पादन प्रक्रियामा संलग्न श्रमिक कामदारलाई उद्योग प्रतिष्ठानले छुट्टै स्थानमा राख्‍ने बन्दोबस्त मिलाई काममा लगाउने। आफ्नो प्रतिष्ठानभित्र पर्याप्त स्थान नभएमा उक्त प्रतिष्ठान रहेको स्थानीय निकायको समन्वयमा सम्बन्धित वडाभित्रका सार्वजनिक सामुदायिक भवन वा सरकारी तथा नीजि विद्यालय वा खाली स्थानमा स्थानीय व्यक्तिहरूसँग सम्पर्क नहुने गरी सुरक्षित आवास तथा खाना/खाजाको व्यवस्था गर्ने। यससम्बन्धी खर्च सम्बन्धित उद्योग प्रतिष्ठानले व्यहोर्ने। आवासस्थलदेखि उद्योग प्रतिष्ठान रहेको स्थानसम्म श्रमिकहरूलाई स्वास्थ्य मापदण्ड पालना गरी सुरक्षित परिवहनको व्यवस्था मिलाउने। उद्योगहरूले कार्यस्थललाई अनिवार्य रूपमा स्यानिटाइजेसन गर्ने र नियमित स्वास्थ्य जाँच तथा स्वास्थ्य सुरक्षाको सुनिश्‍चितता गरी देहायका उद्योग व्यवसायहरू सञ्चालन गर्ने व्यवस्था मिलाउनेः

– चामल, दाल, तेल, चिउरा, चिनी, विस्कुट, पाउरोटी, पिठो, चाउचाउजस्ता दैनिक उपभोग्य खाद्यवस्तु, पानी प्रशोधन, औषधी, स्वास्थ्य सामग्री, – साबुन उत्पादन र सोको प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योगहरू।
– ग्याँस बोटलिङ्ग, घरेलु तथा साना उद्योगहरू, निर्यातजन्य र विशेष आर्थिक क्षेत्रमा सञ्चालित उद्योगहरू र सिमेन्ट, डण्डीजस्ता निर्माणजन्य उद्योगहरू।बढीमा ५ जनासम्म कामदार रहने गरी सवारी साधनहरूको मर्मत गर्ने वर्कशप, इन्टरनेट जडान र मर्मत, प्लम्बिङ् तथा इलेक्ट्रिकल सेवा र पेट्रोल पम्प सञ्चालन ।

राजमार्गका होटल र रेस्टुरेन्ट खोल्न दिने

राजमार्ग तथा सहायक राजमार्गका कम्तिमा ५० (पचास) किलोमिटर दूरीको अन्तरमा सम्बन्धित स्थानीय तहले तोकेका स्थानमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृत गरेको मापदण्ड अवलम्बन गरी खानाको प्याकेट मात्र विक्री गर्ने गरी होटेल, रेष्टुरेण्ट सञ्‍चालन गर्ने व्यवस्था स्थानीय प्रशासनले मिलाउने। राजमार्ग र सहायक राजमार्गमा सञ्‍चालन हुने सवारी साधनहरू उपर्युक्तबमोजिम निर्धारित समय र स्थानमा मात्र रोक्ने व्यवस्था गर्ने ।

पूर्णरुपमा बन्द रहने स्थलहरु

– विश्‍वविद्यालय, क्याम्पस, विद्यालयलगायत सवै प्रकारका शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्रहरू।
– गैरखाद्य वस्तु विक्री गर्ने व्यावसायिक मल, सिनेमा हल, पार्टी प्यालेस, फनपार्कलगायतका सार्वजनिक स्थलहरू ।
– सार्वजनिक जमघट, धार्मिक स्थलहरू ९मन्दिर, गुम्बा, मस्जिद, चर्च, गुरुद्वारा आदि० मा हुने भेला एवं धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू।
– , खेलकुद स्थल, फुटसल, शारीरिक सुगठन गर्ने स्थल तथा जिमखाना, फिटनेस सेन्टर, सैलुन, व्युटीपार्लरहरू ।
– होटल, वार, रेष्टुरेण्टहरू।
– स्थानीय प्रशासनबाट सवारी पास पाएकाबाहेक सवै प्रकारका यात्रुबाहक सवारी साधनहरू।
– १२ वर्ष मुनिका बालबालिका, अशक्त भएका व्यक्ति, विरामी, ७० वर्ष पूरा भएका ज्येष्ठ नागरिक र गर्भवती महिलाहरूको आवतजावत तथा हिँडडुलका गतिविधिहरू।
– आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यवसायिक यात्रुबाहक हवाई उडान।
– केवलकार सेवा र रेलवे सेवा।

नेपाल राज्यको कुनै भू-भागमा संक्रमणको जोखिम देखिएमा वा समुदायस्तरमा उक्त संक्रमण विस्तार भएको पाइएमा उक्त क्षेत्र वा जिल्लाभर माथि प्रकरण ४ मा उल्लिखित क्रियाकलापहरू निश्‍चित अवधीसम्मका लागि स्थानीय प्रशासनले तत्कालै सञ्‍चालनमा रोक लगाउन सक्नेछ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ७ : ३६ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना