१२ बैशाख २०८१, बुधबार | April 24, 2024

कालापानी-लिपुलेक-मानसरोबर सडक सम्बन्धमा आयो नेपाल सरकारको धारणा



काठमाडौ । नेपाल सरकारले आफ्नो सिमानामा कुनैपनि गतिबिधि नगर्न भारतलाई चेतावनी दिएको छ । भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडकको उदघाटन गरेकोमा नेपाल सरकारले आपत्ति जनाउंदै यस्तो चेतावनी दिएको हो ।

आज पराराष्ट्र मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै नेपालको सीमानामा कुनै पनि गतिविधि गर्न भारत सरकारलाई आग्रह गरेको हो । विज्ञप्तीमा भनिएको छ । ‘सुगौंली सन्धी अनुसार काली [महाकाली] नदीको पूर्वमा रहेका लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको भूभाग हुन्’ । नेपाल सरकारले धेरैपटक भारतलाई यो कुरा भनिसकेको बिज्ञप्तीमा स्मरण गराईएको छ ।

पछिल्लो समय भारतले जारी गरेको नयाँ राजनैतिक नक्शाको जवाफमा २० नोभेम्बर २०१९ मा भारत सरकारलाई सम्बोधन गरिएको कुटनैतिक नोटमा पनि यस कुरालाई दोहोर्याएको थियो । यस्तो अवस्थामा नेपाल सरकारको विना अनुमति सडक मार्ग खोल्नु नेपालको लागि दुखद् कुरा हो । यस कुराको नेपालले घोर भत्सर्ना गर्दछ । बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

भारतले लिपलेक हुँदै मान सरोबर जाने सडकको उदघाटन गरेपछि नेपालमा त्यसको व्यापक विरोध भइरहेको छ । प्राय सबै दल र संघ संगठनहरुले भारतीय कदमको विरोध गरेका छन् । भारतको यो कदमबारे नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने माग भइरहेका बेला परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरेको हो ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ३ : २६ बजे

कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै

काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख

कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम

आजदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुदैं

काठमाडौं । गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको

आजको मौसम : केही प्रदेशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ ।