३२ असार २०८३, बिहिबार | July 16, 2026

तराई, मधेश, पहाड र हिमालको सम्बन्ध जोड्न नेपाली सेनाले एकिकरण उद्यान बनाउने



बारा । बाराको जितपुर सिमरा स्थित नेपाली सेनाको श्री नं २८ बाहिनी अड्डाको हाताभित्र एकिकरण स्मृति उद्यान बन्ने भएको छ । नेपाल(अंग्रेज युद्धका बेला अंग्रेज फौज विरुद्ध मधेशवासी नेपालीहरुले देखाएको बहादुरी तथा नेपाल एकिकरण अभियानमा पुर्यायएको योगदानको स्मरण गर्न उद्यान निर्माण गर्न लागिएको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार तत्कालीन अवस्थाका ऐतिहासिक गढी तथा किल्लाहरुको सम्बर्धन गरी तराई, मधेश, पहाड र हिमालविचको ऐतिहासिक सम्बन्ध तथा सबै नेपाली विचको राष्ट्रिय एकतालार्इ उजागर गर्ने उदेश्यले एकिकरण स्मृर्ति उद्यान निर्माण गर्न लागिएको हो ।

स्मृति उद्यानको प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शिलान्यास गर्नु भएको छ । शिलान्यास समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले नेपाली सेनाको यस प्रकारको कार्यले तराईवासी नेपाली जनता र नेपाली सेनाबीचको सम्बन्धलार्इ अझ मजबुत बनाउने बिश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा मध्य पृतना हेडक्वाटरका पृतनापति उपरथी ताराध्वज पाण्डेले स्वागत मन्तव्य राख्नु भएको थियो भने मध्य पूर्वी पृतना हेडक्वाटरका पृतनापति उपरथी सुरेश कुमार कार्कीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । श्री नं २८ बाहिनी अड्डाका बाहिनीपति अनुपजंग थापाले परियोजना सम्बन्धी जानकारी गराउनु भएको थियो ।

स्मृति उद्यानमा हिमाल, पहाड र तरार्इका विभिन्न कला र संस्कृती झल्किने ऐतिहासिक प्रर्दशनी हल सहितको ६ वटा भौतिक संरचनाहरु निर्माण गर्न लागिएको छ । २२ करोड लागत रहेको परियोजना आर्थिक वर्ष ०७७।७८ भित्र निर्माण सम्पन्न गरि जितपुर सिमरा उपमहानगरपालिकाको स्वामित्व र रेखदेखमा संचालन गर्ने योजना रहेको छ ।

उद्यान निर्माणले ऐतिहासिक गढी तथा किल्लाहरुको सम्बर्धन तथा संभार हुनुको साथै तराई, मधेश, पहाड र हिमालबीचको ऐतिहासिक सम्बन्ध एवम् नेपाली बीचमा राष्ट्रिय एकता कायम भई नागरिक सैनिक सम्बन्धमा समेत थप टेवा पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १० : १३ बजे

पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै

काठमाडौं । लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक

धादिङको जवाङखोलामा सुक्खा पहिरो, पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङखोलानजिक

पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा ९एमाले० का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध

बागमती प्रदेशमा पत्रकारलाई उपचारमा सहुलियत

बागमती । बागमती प्रदेश सरकारले बागमती प्रदेशका पत्रकारलाई प्रदेश अस्पतालबाट

परराष्ट्रमन्त्रीसँग अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव