५ पुस २०८२, शनिबार | December 20, 2025

सीमावर्ती क्षेत्रका क्वारेनटाईन भरिभराउ, सरकार भन्छ सिमामा सिल छ



कपिलवस्तु । सरकारले सिमामा सिल गरेपछि पनि कपिलवस्तुमा १ हजार बढी नेपालीहरु सिमाबाट नेपाल प्रवेश गरि क्वारेन्टाईनमा बसेकाछन् । कपिलवस्तुका १० पालिकाले संचालन गरेका १ हजार ७ सय ८८ क्वारेनटाइन बेडमा १ हजार ३सय ७९ जना छन् । उनीहरु सबै सरकारले सिमा सिल गरेपछि नेपाल भित्रिएका हुन् ।

क्वारेनटाइनमा बसेकाहरु भारतका बिभिन्न शहरबाट फर्केकाहरु रहेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

जुन अनुपातमा कपिलवस्तु नाकाबाट नेपालीहरु नेपा भित्रिएकाछन् त्यती नै अनुपातमा सिमा पारी दशगजामा नेपालीहरुको बेहाल देखिएको छ । आइतवार साँझ ५ बजेसम्म जिल्लाका ७ नाकामा १ हजार ८ सय ५४ जना अलपत्र छन् ।

त्यस मध्ये १ हजार ८ सय १६ जना कपिलवस्तुका र बाँकी ९ जिल्लाका हुन् । जसमा दाङका ७, प्युठानका ११, बर्दियाका एक बाँकेका एक, अर्घाखाँचीका २, सिन्धुपलाञ्चोकका १, अछामका ५, कैलालीका ८ र रुपन्देहीका २ जना रहेका छन् ।

उता बांकेको अवस्था पनि कपिलवस्तुको भन्दा फरक छैन । बांकेको जमुनाहा नाकाबाट मात्र सिमा सिल भएपछि ४ हजार बढी नेपाल प्रवेश गरेकाछन् भने खुल्ला सिमानाको फाईदा उठाउंदै हरेक दिन नेपाल भित्रिने क्रम रोकिएको छैन । खेत, जङ्गल र खोलाको बाटो हुंदै भित्रिने क्रम नरोकिएको बांकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले स्विकार गर्नुभएको छ । बांकेमा लकडाउन पछि १ हजार ६ सय २८ लाई क्वारेनटाईनमा राखिएकोमा १ हजार २ सय ३९ जना स्वास्थ्य परिक्षण गरि घर पुगेका छन् ।

रुपन्देहीमा संक्रमित भेटिएका युवा पनि सिमा सिल भएपछि नै नेपाल भित्रिएका थिए । रुपन्देहीको सिमा नाकाबाट पनि हरेक दिन मानीस भित्रिने क्रम रोकिएको छैन । भारतमा ६२ हजार बढीमा संक्रमण फैलिंदा र २१०९ जनाको मृत्यु हुंदा खुल्ला सिमा जोडिएको नेपालमा बस्तीहरुमा जोखिम बढेको छ । राज्यले घोषणा गरेको सिमा सिल कार्यान्वयन हुन नसक्दा यस्तो जोखिम बढेको हो ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ८ : २८ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता