२६ आश्विन २०८३, सोमबार | October 12, 2026

सिराहामा घांटी काटेर हत्या गरेको अबस्थामा एक पुरुष शव फेला



लहान । घाँटी रेटेर हत्या गरिएको अवस्थामा आज (मंगलबार) बिहान सिरहाको लहान नगरपालिका–१७ मा एक पुरूषको शव फेला परेको छ ।

स्थानीय ४० वर्षीय मोहम्मद सरिफ मियाँको हत्या गरिएको अवस्थामा घर नजिकै शव फेला परेको प्रहरीले जनाएको छ । हत्या गरिएको अवस्थामा फेला परेको मियाँको शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल ल्याउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक शरतकुमार क्षेत्री थापाले जानकारी दिनुभयो ।

शवको प्रकृति हेर्दा गएराति नै मियाँको हत्या गरिएको हुनसक्ने उहाले बताउनुभयो । हत्या कसले र किन गरेको विषयमा केही खुल्न सकेको छैन ।

घटनास्थलमा तालिमप्राप्त कुकुरसहितको टोली आउन लागेको र घटनाबारे थप अनुन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ९ : ५१ बजे

पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि

२१ सयले सस्तियो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य घटेको छ

विदेशको अनुभव, स्वदेशमा शैक्षिक परामर्श

बुटवल । दक्षिण कोरियामा करिब आठ वर्ष बिताएर स्वदेश फर्किएका

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ-तिहार

बझाङ । घरमा आमा छिन । परिवार छ । आफन्त

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी । बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई