५ पुस २०८२, शनिबार | December 20, 2025

काठमाडौं उपत्यकाका संक्रमित : लकडाउनकै बीच सवारी पास बनाएर उपत्यका छिरेको पुष्टी



काठमाडौं  । मंगलबार काठमाडौं उपत्यकाभित्र पुष्टि भएका कोरोना संक्रमित लकडाउनकै बीच उपत्यका प्रवेश गरेको पाइएको छ ।

केही दिनको अन्तरालपछि उपत्यकामा देखिएको कोरोना संक्रममित मध्ये काठमाडौं चन्द्रागिरी मच्छेगाउँकी ३३ वर्षीया महिला कञ्चनपुरको महेन्द्रनगरबाट आएकी हुन् । उनी सुरक्षा निकायले उपलब्ध गराउने निजी गाडीको पास बनाएर काठमाडौं प्रवेश गरेकी हुन् ।

यस्तै भक्तपुरकी २५ वर्षीया महिला बैशाख २९ गते सुनसरीबाट मोटरसाइकलको पास बनाएर उपत्यका प्रवेश गरेको थाहा भएको छ । भक्तपुरका एक संक्रमित भने नेकपा स्थायी कमिटी सदस्य एवं पूर्व गृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवान रहेको थाहा भएको छ ।

सुरक्षा निकायले जथाभावी पास वितरण गरेपछि काठमाडौं उपत्यका छिर्नेहरु पछिल्लो दिनमा बढिरहेका छन् । यस्तै, लुकिछिपी काठमाडौं उपत्यका आउनेहरु पनि बढिरहेका छन् ।

लकडाउन उल्लंघन भएको देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भने मंगलबारको मन्त्रिपरिषद् बैठकमा असन्तुष्टि जनाउँदै थप कडा बनाउन निर्देशन दिनुभएको थियो । साँझ गृहमन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा प्रवेश गर्ने ई पासलाई खारेज गरेको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ७ : ५१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको