१० चैत्र २०८२, मंगलबार | March 24, 2026

काठमाडौं उपत्यकाका संक्रमित : लकडाउनकै बीच सवारी पास बनाएर उपत्यका छिरेको पुष्टी



काठमाडौं  । मंगलबार काठमाडौं उपत्यकाभित्र पुष्टि भएका कोरोना संक्रमित लकडाउनकै बीच उपत्यका प्रवेश गरेको पाइएको छ ।

केही दिनको अन्तरालपछि उपत्यकामा देखिएको कोरोना संक्रममित मध्ये काठमाडौं चन्द्रागिरी मच्छेगाउँकी ३३ वर्षीया महिला कञ्चनपुरको महेन्द्रनगरबाट आएकी हुन् । उनी सुरक्षा निकायले उपलब्ध गराउने निजी गाडीको पास बनाएर काठमाडौं प्रवेश गरेकी हुन् ।

यस्तै भक्तपुरकी २५ वर्षीया महिला बैशाख २९ गते सुनसरीबाट मोटरसाइकलको पास बनाएर उपत्यका प्रवेश गरेको थाहा भएको छ । भक्तपुरका एक संक्रमित भने नेकपा स्थायी कमिटी सदस्य एवं पूर्व गृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवान रहेको थाहा भएको छ ।

सुरक्षा निकायले जथाभावी पास वितरण गरेपछि काठमाडौं उपत्यका छिर्नेहरु पछिल्लो दिनमा बढिरहेका छन् । यस्तै, लुकिछिपी काठमाडौं उपत्यका आउनेहरु पनि बढिरहेका छन् ।

लकडाउन उल्लंघन भएको देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भने मंगलबारको मन्त्रिपरिषद् बैठकमा असन्तुष्टि जनाउँदै थप कडा बनाउन निर्देशन दिनुभएको थियो । साँझ गृहमन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा प्रवेश गर्ने ई पासलाई खारेज गरेको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ७ : ५१ बजे

यस्तो छ सभापति थापाले प्रस्ताव गरेको १५ औं महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन

आफ्नो देशको आणविक कार्यक्रम अपरिवर्तनीय : किम जोङ उन

सियोल । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि

हवाई उद्धारमा बिरामीको व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

काठमाडौं । हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन

हतार वा हताशमा होइन, जवाफदेहिताका आधारमा राजीनामा दिएको हुँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा