५ पुस २०८२, शनिबार | December 20, 2025

दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, भक्तपुरकी संक्रमित महिला नर्सिङ सेवामा कार्यरत



काठमाडौं । भक्तपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि भएकी नर्स भएको खुलेको छ । योसँगै नेपालमा दुई जना नर्समा कोरोना पुष्टि भएको छ ।

मध्यपुर ठिमी बस्ने संक्रमित महिला नर्स भएको खुलेको छ । सुनसरीको रामधुनी नगरपालिका स्थायी घर भएकी २५ वर्षाीया महिलामा आरोग्य ललितपुरको पूल्चोकमा रहेको आरोग्य फाउन्डेसनमा कार्यरत नर्स भएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ ।

नर्समा कोरोना देखिएपछि सम्भावित जोखिम कम गर्न आरोग्य फाउन्डेसनलाई सिल गरिएको छ । एकै भवनमा रहेको निदान अस्पताललाई पनि सिल गरिएको छ ।

यसअघि मंगलबार कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्समा पनि कोरोनाभाइरस पोजेटिभ रहेको पुष्टि भएको थियो ।

काठमाडौंका संक्रमित तीनै जनालाई टेकु अस्पतालमा भर्ना गरिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ११ : २३ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता