४ पुस २०८२, शुक्रबार | December 20, 2025

ईलाका प्रहरी कार्यालय बुटवलका डीएसपी अकस्मात प्रदेश कार्यालय तानिए



बुटवल । लकडाउन फितलो भएको र कडाई गर्न नसकेको आरोप खेपिरहेका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी भीमलाल भट्टराईलाई अकस्मात प्रदेश प्रहरी कार्यालय दाङ तानिएको छ । ५ नम्बर प्रदेश प्रहरी कार्यालयले उनीमाथि केहि अनुसन्धान गर्नुपर्ने देखिएकाले प्रदेश प्रहरी कार्यालय बोलाईएको जनाएको छ ।

अनुशासन र आदेशको पालना नगरेको आरोपमा कारबाही गरिएको बताईएपनि प्रदेश प्रहरी प्रमुख डिआईजी रबिन्द्र धानुकले केहि अनुसन्धान गर्नु पर्ने देखिएकाले तानिएको बताउनु भयो । डिएसपी भट्टराईलाई बुधबार बिहानदेखि उक्त कार्यालयको जिम्मेवारीबाट हटाइएको छ । १, २ दिन भित्रै अर्को ईलाका इन्चार्ज पठाईने डिआईजी धानुकले बताउनु भयो ।

डीएसपी भट्टराईलाई कारबाही गरिएको कसुर भने प्रहरीले खुलाएको छैन ।

मुख्यमन्त्रीको स्कर्टिङ गर्ने विषयमा उनले बेवास्ता गरेको, आफूभन्दा माथिल्ला प्रहरी अधिकृतले दिएको आदेशको पालना नगरेको र समन्वय नगरेको आरोपमा उनलाई उक्त कार्यालयको जिम्मेवारीबाट हटाइएको प्रहरी स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  १ : २९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको