२ असार २०८३, मंगलबार | June 16, 2026

टीकापुरमा आठ ग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ



कैलाली । कैलालीको जानकी गाउ“पालिका वडा नं.–८ भोक्सीबाट प्रहरीले ८ ग्राम ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरेको छ ।

टीकापुरका प्रहरी प्रमुख एवं डीएसपी मनोहरप्रसाद भट्टका अनुसार लागुऔषध ब्राउन सुगरसहित पक्राउ पर्नेमा जानकी गाउपालिका वडा नं.–६ सुवर्णपुरका ३० वर्षीय दीपक विश्वकर्मा, वडा नं.–८ भोक्सीका २० वर्षीय राजेश थापा र टीकापुर नगरपालिका वडा नं.–१ भूतपूर्व कमैया शिविरका २९ वर्षीय नेत्रबहादुर हमाल रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट से ४ प ५४४७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

गस्तीका क्रममा उनीहरूलाई लागु औषध सेवन गरिरहेको अवस्थामा नियन्त्रणमा लिइ खानतलासी गर्दा ८ ग्राम ब्राउन सुगर बरामद गरिएको हो ।

टीकापुर प्रहरीले पक्राउ परेका तीनै जनालाई जिल्ला चलान गरेको छ भने कैलाली जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी उनीहरूमाथि अनुसन्धान भइरहेको जनाएको छ ।

उनीहरूलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम कसुरको अवस्था हेरी कसुरदारलाई पा“चदेखि १० वर्षसम्म कैद र ५ हजारदेखि २५ हजार रूपैया“सम्म जरिवाना हुने प्रावधान रहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ३ : १२ बजे

मन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा १५ मिनेटका लागि स्थगित गरिएको

“सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ”

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा सडक सुरक्षा,

रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म चार प्रदेश र

बाँकेका स्थानीय तहमा विपद् कोष सञ्चालन

नेपालगन्ज । बाँकेका आठ वटा स्थानीय निकायले विपद् जोखिम न्यूनीकरणका

मुग्लिन-मलेखु सडकमा कालोपत्रको तयारी

चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-मलेखु सडकखण्डमा कालोपत्रको तयारी गरिएको छ