१२ बैशाख २०८१, बुधबार | April 25, 2024

स्वास्थ्य मन्त्रालयमा संचारकर्मीलाई ‘नो इन्ट्री’



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयमा संचारकर्मीको पहुँचमा रोक लगाएको छ ।

कोरोना भाइरससम्बन्धी सूचना चुहिएको भन्दै मन्त्रालयले संचारकर्मीहरुलाई अघोषित रुपमा रोक लगाएको हो ।

समाचार संकलनका लागि परिचयपत्र देखाएर मन्त्रालय भित्र प्रवेश पाउने यसअघिको सहज व्यवस्थालाई रोकिएको छ । कुनै पनि संचारकर्मीलाई नभेट्न र सूचना नदिन मन्त्रालयका वरिष्ठ अधिकारीहरुले मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।

स्वास्थ्य मन्त्रालयले दैनिक अपरान्ह कोरोना अपडेटका लागि नियमित पत्रकार सम्मेलन गर्ने गरेको छ ।

यसबाहेक प्रेस विज्ञप्तिमार्फत पनि कोरोनाबारे सूचना दिइरहेको छ । तर, विशेष खोजका लागि मन्त्रालयमा प्रवेश चाहने संचारकर्मीलाई भने बुधबारबाट रोक लगाइएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ३ : ४० बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको