११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

अस्पतालबाटै संक्रमित भागेपछि वीरगंजमा खैलाबैला



वीरगंज । कोरोना संक्रमण पुष्टी भएपछि उपचारका लागिवीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना भएका दुई जना अस्पतालबाटै फरार भएका छन् ।

अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका दुई जना बुधबार मध्यान्ह फरार भएका हुन् । अस्पतालको आइसोलेसन कक्षबाट राजनाथ यादव र असफर हवारी भन्ने दुईजना फरार भएको अस्पताल स्रोतले जनाएको छ ।

पर्सामा हालसम्म ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये तीन जना डिस्चार्ज भइरहेका छन् । फरार भएकाहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । फरार भएकाहरु पर्साकै भएको बताइएको छ । पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्थले कोरोना संक्रमित भागेको खबर पाउनासाथ खोजीका लागि प्रहरी खटिएको जानकारी दिनुभएको छ । उहांले कोरोना संक्रमित भागेको खबर आएलगत्तै खोजीका लागि प्रहरी टोली परिचालन गरिएको बनाउनुभयो। संक्रमित भागेपछि अस्पतालमा खैलाबैला मच्चिएको थियो ।

पर्सामा संक्रमित तीव्र गतिमा थपिएपछि मंगलबारदेखि आगामी जेठ ५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ६ : ५० बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि