४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरोना अपडेट : मृत्यु हुनेको संख्या २ लाख ९८ हजार ८३ पुग्यो



काठमाडौ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ९८ हजार ८३ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको भाइरसको संक्रमणबाट संक्रमित हुनेको संख्या ४४ लाख २८ हजार २ सय ३६ पुगेको छ ।

बितेको २४ घण्टामा ५ हजार १५२ जनाले ज्यान गुमाएका छन् भने ८६ हजार २८७ जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये १६ लाख ५७ हजार १८९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । २४ लाख ७१ हजार २३२ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४५ हजार ९३२ जनाको अवस्था गम्भीर छ ।

बुधबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ५७ हजार ३७२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १६ लाख ९६ हजार ३२१ पुगेको ।

उत्तर अमेरिकी मुलुकहरुमा ९५ हजार ३५२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १५ लाख ६८ हजार ३५० पुगेको छ ।

यस्तै एसियाली मुलुकहरुमा २३ हजार २६८ जनाको मृत्यु भएको छ । ७ लाख २० हजार ८०२ जना संक्रमित छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा १९ हजार १६ जनाको मृत्यु भएको छ । ३ लाख ५५ हजार २७४ जना संक्रमित छन् ।

अफ्रिकी मुलुकहरुमा २ हजार ४९१ जनाको ज्यान गएको छ भने ७३ हजार ६७५ जना संक्रमित छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८ हजार ५८१ पुगेको छ ।

कोरोना भाइरसको महामारीले अमेरिकामा ८५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ६५७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८५ हजार ८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार १७९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १४ लाख २८ हजार ८१५ पुगेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहिबार  ७ : ३५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको