३ पुस २०८२, बिहिबार | December 19, 2025

अमेरिका तनाबमा : कोरोना भाइरसको खोपसम्बन्धी तथ्यांक चीनले चोर्न खोजेको आरोप



अमेरिकाले चीनले कोरोना भाइरसको खोपसम्बन्धी महत्वपूर्ण तथ्यांक चोरी गर्न खोजेको आरोप लगाएको छ ।

अमेरिकी सुरक्षा एजेन्सी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) र एफÞबीआईले एक बयान जारी गर्दैकोरोना भाइरसको खोपका लागि भैरहेको अनुसन्धान चोरी गर्न खोजेको आरोप लगाएका हुन् ।

सार्वजनिक सूचना जारी गर्दै दुवै अमेरिकी सुरक्षा एजेन्सीले भनेका छन्, अमरीकी रिसर्च संस्थानमा कोरानाको लागि भैरहेको अनुसन्धानसँग जोडिएका तथ्यांकलाई चीनले साइबर अट्याकको माध्यमबाट चोर्ने कोशिस गरिरहेको छ । यो गम्भीर खतरा हो ।’

एफÞबीआई र डीएचएसका साइबर आर्म सीआईएसए भन्छन्, ‘अमरिकाका जुन जुन संस्थामा कोरोना भाइरससँग जोडिएका अनुसन्धान भैरहेका छन्, त्यहाँको तथ्यांकमा चीनको नजर छ । हेल्थकेयर, फर्मास्यिूटिकल र रिसर्च सेक्टरमा कोभिड–१९को काम दिनरात भैरहेको छ । तर, उनीहरुलाई थाहा हुनुपर्छ कि चीनले ति रिसर्चका तथ्यांकहरु साइबर अट्याकको माध्यमबाट चोर्न सक्छ ।’

अमरिकाले यसअघि पनि चीनमाथि कोरोना भाइरसको महामारीबाट फाइदा उठाउने कोशिस गरेको आरोप लगाएको छ । कोभिड-१९ मा भैरहेको अनुसन्धानमा साइबर जासुसीमार्फत पहुँच बनाउन कोशिस गरेको आरोप अमेरिकाले लगाउँदै आएको छ । यद्यपी, यसबारे अमेरिकाले कुनै प्रमाण भने पेश गर्न सकेको छैन ।

गएराति अमेरिकाको तर्फबाट जारी गरिएको चेतावनीपछि एकपटक फेरि विश्वका दुई शक्तिशाली देशबीच रहेको तनावपूर्ण सम्बन्ध झन तनावपूर्ण हुने देखिन्छ । अमेरिकी आरोपबारे चीनले प्रतिक्रिया जनाईसकेको छैन । यद्यपी, बिहीबार चिनिया विदेशमन्त्रालले गर्ने नियमित पत्रकार सम्मेलनमा यसबारे चिनिया प्रतिक्रिया आउने अपेक्षा गरिएको छ ।

अमेरिकाले चीनलाई साइबर चोरीको आरोप लगाए पनि विश्वभर सबैभन्दा बढी साइबर चोरीको घटनामा अमेरिका नै संलग्न रहँदै आएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहिबार  ७ : ३९ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको