१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

अमेरिका तनाबमा : कोरोना भाइरसको खोपसम्बन्धी तथ्यांक चीनले चोर्न खोजेको आरोप



अमेरिकाले चीनले कोरोना भाइरसको खोपसम्बन्धी महत्वपूर्ण तथ्यांक चोरी गर्न खोजेको आरोप लगाएको छ ।

अमेरिकी सुरक्षा एजेन्सी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) र एफÞबीआईले एक बयान जारी गर्दैकोरोना भाइरसको खोपका लागि भैरहेको अनुसन्धान चोरी गर्न खोजेको आरोप लगाएका हुन् ।

सार्वजनिक सूचना जारी गर्दै दुवै अमेरिकी सुरक्षा एजेन्सीले भनेका छन्, अमरीकी रिसर्च संस्थानमा कोरानाको लागि भैरहेको अनुसन्धानसँग जोडिएका तथ्यांकलाई चीनले साइबर अट्याकको माध्यमबाट चोर्ने कोशिस गरिरहेको छ । यो गम्भीर खतरा हो ।’

एफÞबीआई र डीएचएसका साइबर आर्म सीआईएसए भन्छन्, ‘अमरिकाका जुन जुन संस्थामा कोरोना भाइरससँग जोडिएका अनुसन्धान भैरहेका छन्, त्यहाँको तथ्यांकमा चीनको नजर छ । हेल्थकेयर, फर्मास्यिूटिकल र रिसर्च सेक्टरमा कोभिड–१९को काम दिनरात भैरहेको छ । तर, उनीहरुलाई थाहा हुनुपर्छ कि चीनले ति रिसर्चका तथ्यांकहरु साइबर अट्याकको माध्यमबाट चोर्न सक्छ ।’

अमरिकाले यसअघि पनि चीनमाथि कोरोना भाइरसको महामारीबाट फाइदा उठाउने कोशिस गरेको आरोप लगाएको छ । कोभिड-१९ मा भैरहेको अनुसन्धानमा साइबर जासुसीमार्फत पहुँच बनाउन कोशिस गरेको आरोप अमेरिकाले लगाउँदै आएको छ । यद्यपी, यसबारे अमेरिकाले कुनै प्रमाण भने पेश गर्न सकेको छैन ।

गएराति अमेरिकाको तर्फबाट जारी गरिएको चेतावनीपछि एकपटक फेरि विश्वका दुई शक्तिशाली देशबीच रहेको तनावपूर्ण सम्बन्ध झन तनावपूर्ण हुने देखिन्छ । अमेरिकी आरोपबारे चीनले प्रतिक्रिया जनाईसकेको छैन । यद्यपी, बिहीबार चिनिया विदेशमन्त्रालले गर्ने नियमित पत्रकार सम्मेलनमा यसबारे चिनिया प्रतिक्रिया आउने अपेक्षा गरिएको छ ।

अमेरिकाले चीनलाई साइबर चोरीको आरोप लगाए पनि विश्वभर सबैभन्दा बढी साइबर चोरीको घटनामा अमेरिका नै संलग्न रहँदै आएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहिबार  ७ : ३९ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो