२८ असार २०८३, आइतबार | July 12, 2026

विश्व स्वास्थ्य संगठनको निराशाजनक सन्देश : ‘कोरोना विरुद्धको खोप कहिल्यै नबन्न सक्छ’



काठमाडौं । कोरोना भाइरसबाट प्रताडित विश्वभरका जनतालाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले निराशाजनक सन्देश सुनाएको छ ।

गएराति भएको नियमिति मिडिया ब्रिफिङका क्रममा डब्ल्यूएचओले कोरोना भाइरसको विश्वव्यापी महामारी कहिल्यै अन्त्य नहुन पनि सक्ने चेतावनी दिएको हो।

डब्ल्यूएचओको संकटकालीन सवाल निर्देशक माइकल रायनले कोरोना भाइरसले आफ्नो रूप बदलेर विश्वमा सधैंभर रहन सक्ने सम्भावना रहेको बताएका हुन्।

‘कोरोना क्षेत्रअनुसार रूप बदलेर अर्को भाइरस बनेर बसिरहन सक्ने देखिन्छ, कहिले समाप्त नहुन पनि सक्छ,’ डब्ल्यूएचओको मुख्यालय जेनेभामा आयोजित भर्चुअल प्रेस सम्मेलनमा उनले भने।

निर्देशक रायले यसविरुद्ध खोप नबन्दासम्म मानिसले यस रोगविरुद्ध उचित स्तरको प्रतिरोध क्षमता प्राप्त गर्न वर्षौं लाग्ने पनि बताए।

उनले एचआईभी भाइरसको उदाहरण दिँदै अगाडि भने, ‘जसरी यो अहिलेसम्म निर्मूल हुन सकेको छैन।’

अहिले विश्वभर कोरोनाभाइरस विरुद्ध खोप बनाउने धेरै प्रयास जारी रहेको छ। विश्वका शक्तिशाली देश र वैज्ञानिकहरुले कोरोना विरुद्धको खोपलाई परीक्षणको क्रममा पुर्याएका छन् । तर, यो खोप कहिल्यै सफल बन्न सक्ने अनुमान डब्लुएचओले गरेको हो ।

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहिबार  ७ : ४८ बजे

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली

गणेश नेपाली प्रकरण : सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास