१८ चैत्र २०७९, शनिबार | April 1, 2023

उताका नेपाली यता आउंदै, यताका भारतीय उता जांदै



नेपालगन्ज । छोटी भन्सार र चोरीबाटोबाट धमाधम नेपालीहरु नेपाल पस्न थाले पछि बांके प्रशासनले सिमा पारी रहेका नेपालीलाई मुलबाटोबाटै नेपाल ल्याउने भएको छ । सिमा पारीको नानापारा, बहराईच र रुपैडियाका बिभिन्न क्वारेन्टाईनमा रहेका नेपालीलाई नेपाल भित्राउन थालिएको जिल्ला प्रशासन कार्यालय बांकेले जनाएको छ ।

भारतमा रहेका ७ सय बढी नेपाल भित्राईंदा नेपालका बिभिन्न क्वारेन्टाईनमा रहेका भारतीयलाई पनि भारत पठाउने तयारी भएको बांकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताउनु भयो । नेपालबाट भारत पठाउने र भारतबाट नेपाल ल्याउनेकाम संगसंगै हुने उहांले बताउनु भयो । सहायक प्रमुख जिल्ला अधिकारी प्याकरेलका अनुसार नेपालबाट भारत पठाउन लागिएको भारतीयहरुमा १ सय ५० बांकेको हवल्दारपुर स्थित राम माबी र महेन्द्र बहुमुखी क्याम्पस क्वारेन्टाईनमा बसेका हुन् भने झण्डै ५ सय भारतीयहरु बिभिन्न बेलामा नाता सम्बन्ध भेट्न आएका र काम बिशेषले नेपाल आएर बसेकाहरु हुन् ।

भारतबाट नेपाल ल्याईने नेपालीहरुलाई आज महेन्द्र बहुमुखी क्याम्पसको क्यारेन्टाईनमा राखेर सबैको आडिटी परिक्षण पश्चात सम्बन्धीत जिल्लामा पठाईने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सम्बन्धित जिल्लामा उनीहरुलाई स्थानीयतहले क्यारेन्टाईनमा राख्ने ब्यवस्था मिलाउने प्याकेरेलले जानकारी दिनु भयो ।

लकडाउन घोषणा भएपछि मात्र नेपाल भारत सिमाको जमुनाहा नाकाबाट ४ हजार बढी नेपालीहरु मुलनाका र चोरीबाटो हुंदै नेपाल भित्रिएको आंकलन गरिएको छ । पहिलो पटकनै नेपाल भित्राईएका नेपालीहरुलाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राख्नखोज्दा ६ सय बढीको संख्यामा पर्खाल नाघेर भागेका थिए ।

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहिबार  ५ : ३१ बजे

सामुदायिक विद्यालयमा अब्बल बन्दै ‘रामतुलसी’

रामपुर । हुने खाने परिवारका अभिभावकले भरसक गाउँका सामुदायिक विद्यालयमा

कविता : ‘उपियाँको साम्राज्य हो त्यो!’

निमुखा र गरिबको रगत र पसिना चुसेर ठडिएको महल, महल

समीक्षा अधिकारीको ‘बर्दिबासको घाम’मा प्रथम र नग्मा

काठमाडौं । गायिका समीक्षा अधिकारी र गायक वाङ छिरीङ भोटियाको

भरत तालमा पर्यटकको घुँइचो

सर्लाही । सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधीन

आजदेखि रसुवागढी नाका पूर्णरुपमा सञ्चालन हुने

काठमाडौं । आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि