२१ भदौ २०८३, आइतबार | September 6, 2026

उताका नेपाली यता आउंदै, यताका भारतीय उता जांदै



नेपालगन्ज । छोटी भन्सार र चोरीबाटोबाट धमाधम नेपालीहरु नेपाल पस्न थाले पछि बांके प्रशासनले सिमा पारी रहेका नेपालीलाई मुलबाटोबाटै नेपाल ल्याउने भएको छ । सिमा पारीको नानापारा, बहराईच र रुपैडियाका बिभिन्न क्वारेन्टाईनमा रहेका नेपालीलाई नेपाल भित्राउन थालिएको जिल्ला प्रशासन कार्यालय बांकेले जनाएको छ ।

भारतमा रहेका ७ सय बढी नेपाल भित्राईंदा नेपालका बिभिन्न क्वारेन्टाईनमा रहेका भारतीयलाई पनि भारत पठाउने तयारी भएको बांकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताउनु भयो । नेपालबाट भारत पठाउने र भारतबाट नेपाल ल्याउनेकाम संगसंगै हुने उहांले बताउनु भयो । सहायक प्रमुख जिल्ला अधिकारी प्याकरेलका अनुसार नेपालबाट भारत पठाउन लागिएको भारतीयहरुमा १ सय ५० बांकेको हवल्दारपुर स्थित राम माबी र महेन्द्र बहुमुखी क्याम्पस क्वारेन्टाईनमा बसेका हुन् भने झण्डै ५ सय भारतीयहरु बिभिन्न बेलामा नाता सम्बन्ध भेट्न आएका र काम बिशेषले नेपाल आएर बसेकाहरु हुन् ।

भारतबाट नेपाल ल्याईने नेपालीहरुलाई आज महेन्द्र बहुमुखी क्याम्पसको क्यारेन्टाईनमा राखेर सबैको आडिटी परिक्षण पश्चात सम्बन्धीत जिल्लामा पठाईने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सम्बन्धित जिल्लामा उनीहरुलाई स्थानीयतहले क्यारेन्टाईनमा राख्ने ब्यवस्था मिलाउने प्याकेरेलले जानकारी दिनु भयो ।

लकडाउन घोषणा भएपछि मात्र नेपाल भारत सिमाको जमुनाहा नाकाबाट ४ हजार बढी नेपालीहरु मुलनाका र चोरीबाटो हुंदै नेपाल भित्रिएको आंकलन गरिएको छ । पहिलो पटकनै नेपाल भित्राईएका नेपालीहरुलाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राख्नखोज्दा ६ सय बढीको संख्यामा पर्खाल नाघेर भागेका थिए ।

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहिबार  ५ : ३१ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका