२९ मंसिर २०८२, सोमबार | December 15, 2025

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयां नक्सा जारी गर्ने



काठमाडौं । सरकारले प्रस्तुत गरेको निति तथा कार्यक्रममा बिबादीत कालापानी लिपुलेकको कुरा पनि समावेश गरिएको छ । आज राष्ट्रपति बिद्यादेबी भण्डारीले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर सरकारले नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा गरिएको छ ।

राष्ट्रपति भण्डारीले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको र यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गरिने उल्लेख छ । कुटनितिक पहलबाटै छुटेको भूमि समेत समावेश गरी नेपालको नक्सा जारी गरिने राष्ट्रपति भण्डारीले बताउनुभयो । उहांले सीमा व्यवस्थापन गर्न थप बोर्डर आउट पोष्ट [बीओपी] स्थापना गर्ने समेत जानकारी दिनुभयो । निति तथा कार्यक्रममा सीमाको सुरक्षा सुदृढ गर्ने पनि सरकारको कार्यक्रम रहेको उल्लेख गरिएको छ । अन्तर्राष्ट्रिय सीमा निरीक्षण र रक्षा गर्न सरकार तयार रहेको भन्दै सरकारले नीति तथा कार्यक्रममा नै कालापानी क्षेत्रको विषय प्रवेश गरेको हो ।
हाल जारी भएको नक्सा अनुसार नेपालको हालको नक्सामा लिम्पियाधुरासहित केही क्षेत्र समावेश छुटेको बताईएको छ । संसदीय समितिहरुले छुटेको क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्न निर्देशन दिएपनि अहिलेसम्म कार्यान्वयन भएको छैन ।

सम्बद्ध बिज्ञहरुले कुटनितीक पहलले नभए अन्तराष्ट्रियकरण गर्न माग गरेपनि राष्ट्रपतिको बक्तब्यमा कुटनितिक पहलको कुरा मात्र समावेश गरिएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  ७ : ३० बजे

एमाले महाधिवेशनमा ओली र पोखरेर प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर