२१ फाल्गुन २०८२, बिहिबार | March 6, 2026

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयां नक्सा जारी गर्ने



काठमाडौं । सरकारले प्रस्तुत गरेको निति तथा कार्यक्रममा बिबादीत कालापानी लिपुलेकको कुरा पनि समावेश गरिएको छ । आज राष्ट्रपति बिद्यादेबी भण्डारीले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर सरकारले नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा गरिएको छ ।

राष्ट्रपति भण्डारीले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको र यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गरिने उल्लेख छ । कुटनितिक पहलबाटै छुटेको भूमि समेत समावेश गरी नेपालको नक्सा जारी गरिने राष्ट्रपति भण्डारीले बताउनुभयो । उहांले सीमा व्यवस्थापन गर्न थप बोर्डर आउट पोष्ट [बीओपी] स्थापना गर्ने समेत जानकारी दिनुभयो । निति तथा कार्यक्रममा सीमाको सुरक्षा सुदृढ गर्ने पनि सरकारको कार्यक्रम रहेको उल्लेख गरिएको छ । अन्तर्राष्ट्रिय सीमा निरीक्षण र रक्षा गर्न सरकार तयार रहेको भन्दै सरकारले नीति तथा कार्यक्रममा नै कालापानी क्षेत्रको विषय प्रवेश गरेको हो ।
हाल जारी भएको नक्सा अनुसार नेपालको हालको नक्सामा लिम्पियाधुरासहित केही क्षेत्र समावेश छुटेको बताईएको छ । संसदीय समितिहरुले छुटेको क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्न निर्देशन दिएपनि अहिलेसम्म कार्यान्वयन भएको छैन ।

सम्बद्ध बिज्ञहरुले कुटनितीक पहलले नभए अन्तराष्ट्रियकरण गर्न माग गरेपनि राष्ट्रपतिको बक्तब्यमा कुटनितिक पहलको कुरा मात्र समावेश गरिएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  ७ : ३० बजे

शान्तिपूर्ण निर्वाचनका लागि अमेरिकाद्वारा बधाई

काठमाडौँ । नेपालमा प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकामा

नेपालमा निर्वाचन सम्पन्न भएकोमा भारतको स्वागत

काठमाडौं । नेपालमा सफलतापूर्वक आम निर्वाचन सम्पन्न भएकोमा भारतले स्वागत

मतदान सफलतापूर्वक सम्पन्न भएकामा गृहमन्त्रीद्वारा धन्यवाद

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य

निःस्वार्थ र निष्ठा राखेर काम गरे फत्ते हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निःस्वास्र्थ र निष्ठा राखेर काम

बाँकेमा २ लाख २२ हजार ३६६ जनाले गरे मतदान, पुरुष भन्दा महिलाले गरे बढी मतदान

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा बाँके जिल्लामा ६३