१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

लहान अस्पताललाई कोरोना अस्पताल बनाउने निर्णयप्रति लहानबासीको विरोध



सिरहा । सिरहाको लहानस्थित रामकुमार उमा स्मारक अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने प्रदेश सरकारको निर्णयप्रति स्थानीयवासीले विरोध गरेका छन् ।

यो अस्पताललाई कोरोना विशेष अस्पताल बनाएमा लहान नगरक्षेत्र नै खतरामा पर्न सक्ने भन्दै स्थानीयवासीले प्रदेश नंं २ सरकारको उक्त निर्णयको विरोध गरेका हुन् ।

अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी स्थानीयवासीले लहान अस्पताललाई कोरोना अस्पताल बनाउन नहुने बताएका छन् । अस्पताल वरिपरि घना बस्ती भएकाले कोरोना अस्पताल बनाइए सम्भावित खतरा हुन सक्ने भन्दै स्थानीयवासीले खाली रहेको लहानस्थित बलान नदी पुल छेउको कभर्ड हलमा कोरोना अस्पताल सञ्चालन गर्न सुझावसमेत दिएका छन् ।

प्रदेश सरकारले अहिले सञ्चालन अवस्थामा रहेको रामकुमार उमा स्मारक अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेका कारण स्थानीयवासी त्रसित बनेकाले प्रदेश सरकारले यो निर्णय सच्याउनुपर्ने स्थानीयवासी तथा जनता समाजवादी पार्टीका युवा नेता ललितनारायण महतोले बताउनुभयो ।

गरिब, विपन्न परिवारले सहज उपचार पाइरहेको सो अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने प्रदेश सरकारको निर्णय गलत भएको भन्दै अर्का स्थानीय तथा महिला वडा सदस्य नगिना पासवानले यस अस्पताललाई कोरोना उपचार केन्द्र बनाएपछि गरिब विपन्न उपचारबाट वञ्चित हुने बताउनुभयो ।

प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि प्रदेश सरकारले लहानस्थित सो अस्पताललाई ५० श्ययाको कोरोना विशेष अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय केही दिनअघि गरेको थियो । प्रदेश नं २ का आठ जिल्लामध्ये सिरहा जिल्लाबाहेक सातवटा जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भएपछि लहान अस्पताललाई प्रदेश नं २ को कोरोना विशेष अस्पतालका रुपमा सञ्चालन गर्ने गरी तयारी थालेको छ । प्रदेशका सबै जिल्लामा थप ३÷३ सय क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा राख्ने निर्णयसमेत प्रदेश सरकारको छ ।

प्रदेश सरकारको निर्णयानुसार दुई दिनअघि सामाजिक विकास मन्त्रालयको टोलीले अस्पतालको स्थलगत निरीक्षण गरी कोरोना अस्पताल सञ्चालनको सम्भावना र चुनौतीको विषयमा आफूहरुसँग छलफलसमेत गरेको स्थानीयवासीको भनाइ छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार  २ : ३१ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको