२१ भदौ २०८३, आइतबार | September 6, 2026

लहान अस्पताललाई कोरोना अस्पताल बनाउने निर्णयप्रति लहानबासीको विरोध



सिरहा । सिरहाको लहानस्थित रामकुमार उमा स्मारक अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने प्रदेश सरकारको निर्णयप्रति स्थानीयवासीले विरोध गरेका छन् ।

यो अस्पताललाई कोरोना विशेष अस्पताल बनाएमा लहान नगरक्षेत्र नै खतरामा पर्न सक्ने भन्दै स्थानीयवासीले प्रदेश नंं २ सरकारको उक्त निर्णयको विरोध गरेका हुन् ।

अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी स्थानीयवासीले लहान अस्पताललाई कोरोना अस्पताल बनाउन नहुने बताएका छन् । अस्पताल वरिपरि घना बस्ती भएकाले कोरोना अस्पताल बनाइए सम्भावित खतरा हुन सक्ने भन्दै स्थानीयवासीले खाली रहेको लहानस्थित बलान नदी पुल छेउको कभर्ड हलमा कोरोना अस्पताल सञ्चालन गर्न सुझावसमेत दिएका छन् ।

प्रदेश सरकारले अहिले सञ्चालन अवस्थामा रहेको रामकुमार उमा स्मारक अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेका कारण स्थानीयवासी त्रसित बनेकाले प्रदेश सरकारले यो निर्णय सच्याउनुपर्ने स्थानीयवासी तथा जनता समाजवादी पार्टीका युवा नेता ललितनारायण महतोले बताउनुभयो ।

गरिब, विपन्न परिवारले सहज उपचार पाइरहेको सो अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने प्रदेश सरकारको निर्णय गलत भएको भन्दै अर्का स्थानीय तथा महिला वडा सदस्य नगिना पासवानले यस अस्पताललाई कोरोना उपचार केन्द्र बनाएपछि गरिब विपन्न उपचारबाट वञ्चित हुने बताउनुभयो ।

प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि प्रदेश सरकारले लहानस्थित सो अस्पताललाई ५० श्ययाको कोरोना विशेष अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय केही दिनअघि गरेको थियो । प्रदेश नं २ का आठ जिल्लामध्ये सिरहा जिल्लाबाहेक सातवटा जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भएपछि लहान अस्पताललाई प्रदेश नं २ को कोरोना विशेष अस्पतालका रुपमा सञ्चालन गर्ने गरी तयारी थालेको छ । प्रदेशका सबै जिल्लामा थप ३÷३ सय क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा राख्ने निर्णयसमेत प्रदेश सरकारको छ ।

प्रदेश सरकारको निर्णयानुसार दुई दिनअघि सामाजिक विकास मन्त्रालयको टोलीले अस्पतालको स्थलगत निरीक्षण गरी कोरोना अस्पताल सञ्चालनको सम्भावना र चुनौतीको विषयमा आफूहरुसँग छलफलसमेत गरेको स्थानीयवासीको भनाइ छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार  २ : ३१ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका