७ कार्तिक २०८३, शनिबार | October 24, 2026

श्वासप्रश्वास समस्याकी सुत्केरीको मृत्य भएपछि धुलिखेल अस्पतालमा उच्च सतर्कता



काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा भर्ना भएकी सुत्केरी महिलाको मृत्यु भएपछि धुलिखेल अस्पतालमा सतर्कता बढाइएको छ ।

उपचारका लागि भर्ना भएकी सुत्केरिको मृत्यु स्वासप्रश्वासमा समस्या देखिएर भएको अस्पतालले जनाएको छ ।

१२ दिन अघि त्रिवि शिक्षण अस्पताल महाराजगंजमा सुत्केरी भएर डिस्चार्ज भएकी ती महिलालाई श्वास्प्रवासको समस्या देखिएपछि बिहीबार साँझ ७ बजेतिर धुलिखेल अस्पताल पुर्याइएको थियो । तर, अस्पताल पुगेको आधा घण्टामै आकस्मिक कक्षमै ती महिलाको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।

आरडीटी परीक्षण गर्दा उनको कोरोना पोजेटिभ देखिएको स्रोतले जनाएको छ ।

। सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको भएपछि अस्पतालले सतर्कता बढाएको छ । मृतकको सम्पर्कमा रहेका सबैलाई क्वारेन्टाइनमा पठाइएको छ भने उनको पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।

रिपोर्ट आउन बाँकी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार  २ : ५४ बजे

आज हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

मनाङ । गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का

राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्षमा पनि गरिएन मर्मत

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष

नेपाल-भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर