१५ माघ २०७९, आइतबार | January 30, 2023

मदन र आश्रितको अनुयायी ठान्नेहरु उनीहरुले भनेकै बाटोमा किन हिँडेनन् ?



मदन भण्डारीले प्रतिपादन गरेको बिचार मन नपरेपनि मदन भण्डारीको ब्यक्तित्व र वाक शैलीको म फ्यान नै थिएं । भण्डारीले चौथो महाधिवेशमा नै दस्तावेजमा नयां जनबादलाई प्रशंग बस जनताको बहुदलिय जनबाद पनि भन्न सकिन्छ भनेर राखिएको शब्द प्रति म लगायत त्यतीबेलाका धेरै साथिहरु असहमत थियौं । पांचौ माहाधिवशन सम्म आईपुग्दा त पार्टीको मुल कार्यनिति नै जनताको बहुदलीय जनबाद पारित भएपछि पार्टी संगठनमा काम गर्ने खासै जाँगर थिएन ।
यस्तो लाग्थ्यो जनताको बहुदलिय जनबादले पार्टीमा आकार ग्रहण गरेसँगै पार्टीका सबै सांगठानिक पेच किल्लाहरु लुज भए जस्तो लाग्थ्यो । सर्बहाराको अधिनायकत्व, सामन्तबाद र साम्राज्यबादको पुर्ण अन्त्य, जमिन जोत्नेको घर पोत्नेको जस्तो खरा नाराबाट प्रशिक्षित मलाई सामन्तको जग्गा खोस्दा पनि मुआब्जा दिने, सबै राजनितीक दलहरुले स्वतन्त्रतापुर्वक राजनीति गर्न पाउने, विचार वा पक्षधरताका आधारमा कसैलाई निशेध वा प्रतिबन्ध नलगाउने जस्ता संसदबादी दलहरुले सदिऔ कालदेखि लगाउंदै आएको नाराको हुबहु नक्कल एउटा कम्युनिष्ट पार्टीले अवलम्बन गर्दा कम्युनिष्ट आचरणमा स्खलन आउने, संगठन कमजोर हुने र पार्टी बिसर्जनको दिशामा जाने हाम्रो ठकर थियो ।

विचारका हिसावले बहुदलीय जनबादले संगठन र कम्युनिष्ट आचरणलाई स्खलित बनाउने मनले ठहर गरेपनि मदन भण्डारीको ब्यक्तित्व, उनको बोल्ने शैली, सादा जिवन शैली र जो संगपनि सजिलै घुलमिल हुन सक्ने क्षेमताबाट म निकै प्रभावित थिएँ । कतिपय अवस्थामा उनको वाक शैलीको नक्कल गर्दा गर्दै म सानोतीनो वक्ता पनि बन्न सकेको थिएँ भन्दा फरक पर्दैन । विचारले पार्टीलाई जता लगे पनि मदनले आफुलाई पार्टीको नेता भन्दा पनि कार्यकर्ता नै ठाने । उनले अंगिकार गरेको बिचार जस्तै पार्टी भित्रको गुटलाई मिलाउने सवालमा वा भनौ सबैको बिचारलाई सम्मान गर्ने बिषयमा मदन अव्वल नै थिए ।

२०२८ सालमा पुष्पलालसँगको भेटपछि उनी राजनीतिमा लागेका हुन्। २०२९ सालमा पुष्पलालको पार्टीले जनवादी सांस्कृतिक मोर्चाको निर्माण गर्‍यो। त्यसको अध्यक्षमा युद्धप्रसाद मिश्र र महासचिव मोदनाथ प्रश्रित थिए भने भण्डारी केन्द्रीय सदस्य थिए। २०३० सालमा पार्टीको पूर्णकालीन कार्यकर्ता भए।

अन्याय सहन नसक्ने उनको आफ्नै खालको बिद्रोही स्वभाव, विषयवस्तुको उच्चतम् ज्ञानको आधार, साहित्य र सिर्जना मार्फत नविन चिन्तनको विकासले उनलाई वनारसमा सङ्गठित रूपमा क्रियाशील राजनीतिककर्मीहरूसँग नजीकिने वातावरण बनायो।

जेठ ३, २०५० । बाँकेको उखरमाउलो गर्मी । गर्मीलाई चुनौती दिंदै साँझको लखरलखर यात्रामा निस्कँदै स्थानीय मित्र धनप्राद ढकाल र म साथीकै ससुराले संचालन गरेको पिसिओ र सानो चिया पसल अगाडी हिंड्दै थियौं । कसैले मदन भण्डारी र जिवराज आश्रित चढेको गाडी त्रिसुलिमा खसेको समाचार रेडियोले भन्यो भन्दै हामी छेउ आईपुग्यो । म त्यतिबेला तत्कालीन नेकपा एमाले निकट प्रजातान्त्रीक युवासंघको जिल्ला अध्यक्ष थिएँ । झसंङ्ग भएँ । यो समाचार झुटो नभईदिए हुन्थ्यो भन्ने लाग्यो । घुमफिर बिचैमा छाडेर घर फकें र स्थानीय नेताहरुलाई सम्पर्क गर्ने प्रयास थालें । जति झुटो होस् भने पनि समाचार सत्य साबित भयो र हेर्दा हेर्दै मदन र आश्रीत त्रिशलीमा बिलिन भए ।

दुबै नेताको त्रिसुली प्रस्थानका बिषयमा पार्टीले धेरै थरि आन्दोलन ग¥यो । पार्टी भित्रबाट केपी ओलीको संयोजकत्वमा छानविन समिती बन्यो भने नागरिक स्तरबाट स्वर्गिय पद्मरत्न तुलाधरको संयोजकत्वमा समिति बन्यो । जति आन्दोलन गरेपनि आज सम्म दुबै नेताको रहस्य रहस्य मै सिमित रहेको छ । घरटनाक्रमलाई जतिपटक केलाउंदा पनि उनीहरुको दुर्घटना मान्न मन तयार छैन र पार्टीको आत्नरिक मिलोमतो बिना हत्या भएको होइन भन्ने विचार इन्कार गर्न पनि मन तयार छैन ।

अहिले पनि सम्झन्छु २०४५ साल ताका पार्टीको सदस्यताका लागि किशोर अवस्थामा नै निबेदन दिँदा पक्की घर र खान पुग्ने खेत भएकै कारण पार्टी सदस्यता प्राप्त गर्न मैले लामो समय कुर्न परेको हिजोको याद आज पनि ताजा छ । सर्वहारा वर्गलाई तुरुन्त पार्टी सदस्यता, गरिव किसानलाई एक महिना भित्रै सदस्यता निम्न मध्यम वर्गलाई छानबिन गरेर ३ महिनामा र मध्यम वर्गले ६ महिना कुर्नु पथ्र्यो पार्टीको आधिकारीक सदस्य बन्न । उच्च र धनी वर्गले कम्युनिष्ट पार्टीको सदस्यता पाउन त्यति सजिलो थिएन ।

जनताको बहुदलीय जनबादको कायान्वयन भए देखि नै पार्टीका सांगठानीक पेचकिलाहरु लुज बनाईएको र पार्टीमा सामन्तहरुलाई रातो कार्पेट बिच्छाएर स्वागत गरिएको हो भन्ने ठहरमा म अहिले पनि दृढ छु ।

फेरी पनि मदन भण्डारीसंग छोटो समयमा सङ्गै बिताएका तत्कालका क्षणहरुले मदनको ब्यक्तित्व र अर्को ब्यक्तिलाई चित्तबुझाउन सक्ने खुबिको म जीवन पर्यन्त फ्यान बनि रहनेछु । मदन प्रमुख अतिथि बनेको कम्तीमा ३, ४ आमसभामा उदघोषण गर्दा होस् वा मदनले प्रशिक्षण दिएको कम्तीमा ३ वटा पार्टीको प्रशिक्षण शिविरमा बस्दा । उनीमा नेता वा अरु कार्यकर्ता भन्दा म बिशिष्ठ हुं भन्ने अहमता मैले कहिल्यै देखिन । समुहमा बस्दा, खांदा र सुत्दा उनलाई कहिल्यै कार्यकर्ताहरुलाई भन्दा फरक मिठो मसिनो चाहिंदैन थियो, सुकोमल बिस्तरा वा छुट्टै कोठा चाहिंदैन थियो । मैले देखे बुझे सम्म आफुले खाएको भाँडा कहिल्यै हात चुठेर छाडेर हिंडेनन् । बर्दियाको जिल्ला बिकास समितीको हलमा भएको प्रशिक्षण शिविरमा मैले राखेको बिचार र प्रस्तुतीलाई मदनले प्रशंसा गर्दै तपाईको राजनितीमा भविश्य भएको समेत बताएका थिए ।

मदन र आश्रितको अवसान भएको आज २६ वर्ष पुरा भएको छ । २६ वर्षका हरेक आजका दिन मदनकै रगत पसिनाले सिर्जीत पार्टीका नेताहरुले उनीहरुको हत्याको पर्दाफास गर्ने घोषणा गरेकै हुन्छन् । आज पनि एक पार्टीका दुई अध्यक्षले पर्दाफास गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । तर समय बित्दै जांदा उनीहरुको अवसानको खुलासा होला भन्ने आशाको त्यान्द्रो मनमा बांकी रहेको छैन ।

मदन र आश्रीतले छाडेर जाँदा प्रमुख प्रतिपक्ष दल सम्म पुगेको पार्टी आज मलुकको सत्तारुढ दल बनेको छ । झण्डै २ तिहाई मत सहित सरकारमा उपस्थित दल आज कसैले हल्लाउन नसक्ने दलका रुपमा स्थापित भएको छ । तर आवरणमा दलको आकार ठूलो भएपनि दल भित्रको संस्कार, आचरण र सिद्धान्त एकादेशको कथा जस्तै बनेको छ । मदनले भन्ने गरेको पार्टीका गतिबिधिहरु पार्टीका निर्णयहरुबाट मात्र गर्नु पर्नेहरु बैठकबाट भाग्दै हिंडिरहेकाछन् । पार्टीका निर्णयहरुबाट चल्नुपर्ने केन्द्र र स्थानीय सरकारहरुले पार्टी चलाईरहेकाछन् । पार्टीको निर्णयक तहमा नव सामन्तहरुको बोलाबाला चलेको छ । रातो कार्पेट बिच्छाएर भित्राईएका पुजिबादीहरु माक्र्सबादी बजेट बनाउने जिम्मा पाएकाछन् ।

जिवराज आश्रितले बसालेको सागठानीक जगमा उभिएको भनिएको पार्टी आफै भित्र एकले अर्कोसंग डराउंनुपर्ने अवस्थामा पुगेको छ । लेनिनबादी संगठनात्मक सिद्धान्त स्विकार गर्ने पार्टीमा पार्टीको बैठक भन्दा सरकारको कामले महत्व पाउंछ । सबै नेता कार्यकर्ता पार्टी र संगठनको अधिनमा रहनुपर्नेमा पार्टीका अमुक नेताहरुलाई देवत्वकरण गरिन्छ । संगठन सर्बोपरि हुनुपर्ने कम्युनिष्ट पार्टीमा नेता मालिक र कार्यकर्ता दास बन्नु पर्ने संस्कारको विकास भएको छ । नेताहरु पार्टीको नेताहरुनुपर्नेमा गुटका नेता हुनुमा रमाईरहेकाछन् ।

फेरी पनि वर्षमा एक पटक मदन आश्रितलाई सम्झन भने पार्टीले छाडेको छैन । आफुलाई सिद्धान्तः मदन र आश्रितबाट सयौं मायल टाढा प¥याईरहँदा पनि आफुलाई मदन आश्रितकै अनुयायी भएको भन्न नेताहरुले छाडेका छैनन् । म बबुरो थारै समय मदन र आश्रितको ओट पाएको मान्छे नसुहाउँदो नेताहरुको चाला टुलुटुलु हेरेर गम खाँदैछु ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार  ३ : ४१ बजे

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

पाल्पा । पाल्पाको रामपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको

भुतखोलामा डुबेर एकजनाको मृत्यु

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा तिनाउ गाँउपालिका २ भुतखोलामा

बाँकेमा श्रीमती र नाबालक छोरालाई जिउँदै जलाएर श्रीमान फरार, दुबैजना गम्भीर घाइते

नेपालगन्ज । बाँकेको कोहपलुरमा आफ्नै श्रीमानले श्रीमती र नाबालक छोरा

राजश्व अनुसन्धान विभागका शाखा अधिकृत गैरकानुनी आर्जनमा दोषी ठहर

काठमाडौं । राजश्व अनुसन्धान विभाग तत्कालीन शाखा अधिकृत रामजी रिजाल

डिसहोमको अध्यक्षमा सांसद देवी भट्टचन चयन

काठमाडौं । डिस मिडिया प्रालि (डिसहोम)को अध्यक्षमा देवीप्रसाद भट्टचन चयन