१८ श्रावण २०८३, सोमबार | August 3, 2026

नेपालमा कोरोनाबाट पहिलो मृत्यु



काठमाडौं । आखिरमा जे नहोस भनिएको थियो, त्यही भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पहिलो मृत्यु भएको छ ।

धुलिखेल अस्पतामा उपचारका लागि आएकी सिन्धुपाल्चोक बाह्रविसेकी २९ वर्षीय महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

उच्च ज्वरो र श्वासप्रश्वासको समस्यासहित आएकी ती महिलाको धुलिखेल अस्पतालमा ल्याएको केहीबेरमै निधन भएको थियो ।

मृतक महिलाको आरडीडी परीक्षण पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि गरिएको पीसीआर परीक्षण शंकास्पद देखिएपछि शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो । स्वाब परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको हो ।

ज्वरो एवं स्वासप्रस्वासमा गम्भीर समस्या देखिएपछि ती महिलालाई बिहीबार साँझ अस्पताल पुर्याइएको थियो । उनी ९ दिनअघि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा सुत्केरी भएकी थिइन । त्यसपछि घरपुगेकी उनी बिरामी परेपछि स्थानीय स्वास्थ्यकेन्द्रमा उपचार गर्दा निको नभएपछि धुलिखेल अस्पताल लगिएको थियो ।

तर, अवस्था अत्यन्तै चिन्ताजनक भएकी उनको भेन्टिलेटरमा राख्ने व्यवस्था मिलाउँदा मिलाउँदै उनको निधन भएको थियो।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार  ९ : ०८ बजे

विराटनगरका उद्योगी-व्यवसायी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीको छापा

काठमाडौं । विराटनगरस्थित प्रमुख औद्योगिक तथा व्यापारिक घराना देवनरा ग्रुपका

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी

चितवन । जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ अझै सम्पर्कमा

नारायणगढ-मुग्लिन सडकको नाम्सी पुलमा पहिरो, यातायात सेवा प्रभावित

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा

धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

बागमती । मकवानपुरको हेटौँडा नगरपालिका वडा नं ५ चिसापानी रङ्गपथस्थित

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज