१५ चैत्र २०७९, बुधबार | March 29, 2023

समाजको नेतृत्व गर्ने पार्टी नै आन्तरिक समस्यामा अलमलिन नहुने : मुख्यमन्त्री पोखरेल



बुटवल । प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले स्वर्गिय जननेता मदन भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनलाई वैचारिक रुपमा नयां दिशा दिएको बताउनुभएको छ । मदन भण्डारी र जिवराज आश्रितको २७ औं स्मृति दिवसको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले पार्टि संगठनमा सामाजिक अराजकताको प्रभाव परेको बेला कुशल संगठक स्वर्गिय जीवराज आश्रीतको सधै सम्झना हुने बताउनुभयो ।

उहांले स्वर्गिय मदन भण्डारी र जिवराज आश्रीतले नेपाली कम्युनिष्ट आन्दोलनमा खेलेको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । नेकपाको एकताको मुल्य मान्यता पछि निष्ठा र प्रतिवद्धताको कमिका कारण अहिले संकट उत्पन्न भएको उल्लेख गर्दै उहांले देश र समाजको नेतृत्व गर्ने पार्टी नै आन्तरिक समस्यामा अलमलिन नहुने बताउनुभयो । पार्टि एकतालाई कसरी बलियो वनाउन सकिन्छ भन्ने विषयमा हरेक कार्यकर्ता र नेताले बुझनु पर्ने भन्दै मुख्यमन्त्री पोखरेलले विगतको कुरा गरेर एकतालाइ प्रभावकारी रुपमा अगाडी बढाउन नसकिने बताउनुभयो ।

२०५० साल जेठ ३ गते पोखराबाट चितवन जांदै गर्दा दासढुंगामा भएको जिप दुर्घटनामा परि नेताद्धयको निधन भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाले मणिमुकुन्द सेन उद्यान बुटवलमा फुलबारीमा निर्मित नेताद्धयको शालिकमा प्रदेश ५ का नेकपा ईन्चार्ज समेत रहनुभएका मुख्यमन्त्री पोखरेलले माल्यार्पण गर्नुभएको थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार  ६ : १८ बजे

खजुरा गाउँपालिकाले शिक्षक दरबन्दी मिलान गर्ने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकाले शिक्षक दरबन्दी मिलान गर्ने भएको

मन्त्रालय भागवण्डामा सहमति जुटाउन बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक

काठमाडौं । मन्त्रालय बाँडफाँटबारे सहमति जुटाउन सत्ता गठबन्धनका दलहरुको बैठक

अवदेखि भेरी अस्पतालमा एमडी/एमएसको पढाई हुने

नेपालगन्ज । अवदेखि भेरी अस्पतालमा एमडी/एमएसको पढाई हुने भएको छ

एकीकृत समाजवादीबाट प्रकाश ज्वालाको नेतृत्वमा सरकारमा सहभागी हुने

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा  (एकीकृत समाजवादी) ले प्रकाश

नेप्सेमा झिनो अङ्कको सुधार

काठमाडौं । आज पूँजीबजारमा झिनो अङ्कको सुधार देखिएको छ ।